आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले बोलाएको बैठक बहिष्कार !

केपी ओलीले बोलाएको बैठक बहिष्कार !

  • मिडिया डबली
  • सोमवार, बैशाख ६ २०७८

  • 3.6K
    SHARES

  • केपी ओलीले बोलाएको बैठक बहिष्कार !
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पार्टी महाधिवेशन आयोजक कमिटीको बैठक आज सोमबार बस्दैछ ।

    बैठक आज सोमवार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

    एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले कमिटीका सबै २६१ जनालाई बैठकमा बोलाइएको र बैठकका एजेण्डाबारे समेत जानकारी गराइएको बताएका छन् ।

    बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपचुनावको तयारी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

    पार्टी महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएका वरिष्ठ नेता झलनाथ खनाल र माधवकमार नेपाल पक्षका नेताले बैठक बहिष्कार गर्ने भएका छन् । एमाले उपाध्यक्ष तथा नेपाल पक्षकी नेत्री अष्टलक्ष्मी शाक्यले बैठकमा सहभागी नहुने जानकारी दिइन् । महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको बताउँदै नेत्री शाक्यले बैठकमा नजाने बताएकी छन् ।

    यसअघि एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार बोहराले बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न नेतृत्वको ध्यानाकर्षण गराइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend