बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली सरकार सुतेका बेला गगन थापाको टीम तात्यो, पढ्नुहोस् प्रमाण !

ओली सरकार सुतेका बेला गगन थापाको टीम तात्यो, पढ्नुहोस् प्रमाण !

  • मिडिया डबली
  • आइतवार, बैशाख ५ २०७८

  • 8.1K
    SHARES

  • ओली सरकार सुतेका बेला गगन थापाको टीम तात्यो, पढ्नुहोस् प्रमाण !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले भित्रको झगडामा रुमल्लिएका बेला नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापाको टीम तातेर जनताको ज्यान जोगाउन कदम अगाडि बढाएको छ ।

    सांसद गगनकुमार थापाको प्रस्तावमा आईतबार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ, जसमा वायु प्रदूषणबाट जनस्वास्थ्यमा नकारात्मक असर परेकाले जनतालाई बचाउन विभिन्न प्रस्ताव गरिएको छ ।

    सांसद थापाको प्रस्तावमा भिमशेन दास प्रधान, राजेन्द्रकुमार केसी, जीवनराम श्रेष्ठले समर्थन जनाएका छन् । यसअघि कोरोना भाइरस संक्रमणको महामारी फैलिएका बेला समेत सांसद थापाले संसदमा प्रस्ताव दर्ता गराएका थिए ।

    सांसद थापाले वायु प्रदूषणबारे छलफल गर्नुपर्ने ४ बुँदे कारण प्रस्तावमा पेश गरेका छन् । सांसद थापाको प्रस्तावमाथि छलफल गरेर संसदले ओली सरकारलाई निर्देशन दिनेछ ।

    प्रस्तावलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सांसद थापाले लेखेका छन्, ‘ वायु प्रदूषण न्यूनीकरण गर्न तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने पहलकदमीका सन्दर्भमा सदनमा हामी ४ जना सांसदले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छौं । सभामुखले वायु प्रदूषणको विषयलाई प्राथमिकतामा राखेर अबको बैठकमा छलफल गराउनुहुनेछ भन्ने आशा राखेका छौं ।’

    यस्तो छ प्रस्ताव – 

    g1.jpgg2.jpgg3.jpgg4.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend