काठमाडौं – सत्ता समीकरण फेरबदल भइरहेको बेला नेपाली कांग्रेस सरकारमा जाने भएपछि कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गाडी फिर्ता गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेका बेला प्राप्त गाडी नेता शाहीले आईतबार फिर्ता गरेका हुन् ।
अब कर्णाली प्रदेश सभामा प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस सरकारमा जाने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वास मतको पक्षमा मतदान गरेको कांग्रेस सरकारमा जाने भएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले आईतवार आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । प्रतिपक्ष दलका रूपमा प्रयोग गर्दै आएको सरकारी गाडी नेता शाहीले फिर्ता गरेका छन् ।
‘हामी अब प्रतिपक्षको भूमिकामा छैनौं,’ नेता शाहीले भनेका छन्, ‘अब हामी सरकारमा जान्छौं ।’ नेकपा एमाले प्रतिपक्षको भूमिकामा भएसँगै कांग्रेस तेस्रो दल बनेको छ । कानून विपरीत सेवा प्रयोग गर्न नचाहेर गाडी फिर्ता गरेको शाहीले बताएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट को–को मन्त्री बन्ने भन्नेबारे टुंगो लागिसकेको छैन । प्रदेश सभामा कांग्रेसका ६ जना सदस्य सांसद रहेका छन् । कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि माओवादीको सरकार ढल्नबाट जोगिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।