आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीविरुद्ध लड्ने जनमुक्ति सेना बनाउन प्रचण्डको निर्देशन 

ओलीविरुद्ध लड्ने जनमुक्ति सेना बनाउन प्रचण्डको निर्देशन 

  • मिडिया डबली
  • आइतवार, बैशाख ५ २०७८

  • 5.7K
    SHARES

  • ओलीविरुद्ध लड्ने जनमुक्ति सेना बनाउन प्रचण्डको निर्देशन 

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा संस्थागत भएका उपलब्धीविरुद्ध षड्यन्त्र गर्ने केपी ओली प्रवृत्तिविरुद्ध लड्ने गरी शान्तिपूर्ण जनमुक्ति सेना बनाउन निर्देशन दिएका छन् ।

    आज आईतबार गृहजिल्ला चितवनको माडी नगरपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले युवामाथि आफ्नो भरोसा रहेकाले जनमुक्ति सेनामार्फत संघर्ष गर्न आह्वान गरे ।

    ‘हाम्रो भरोसा युवाहरूमाथि नै बढी छ । म चाहन्छु – तपाईंहरु गर्जिनुस्, सु–संगठित हुनुस्,’ प्रचण्डले भने, ‘लाखौंको शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस् तर त्यसोभन्दा मचाहिँ आराम गर्छु भन्नेमा छैन ।’

    आफू जीवनको उत्तराद्र्धमा गएको र जस्तोसुकै पीडा भएपनि सामना गर्ने प्रचण्डले बताएका छन् ।

    प्रचण्डले राजनीतिमा सबै कुरा मिलिसकेकाले अब केही दिनभित्रै काठमाडौंको राजनीतिमा कायापलट हुने घोषणा समेत गरे । प्रचण्डले अब काठमाडौंमा कायापलट हुने बताए ।

    प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिट्टै हट्ने र वैकल्पिक सरकार बन्ने बताए । ‘त्यसको अन्तिम तयारीमा हामी छौं । लगभग सबै कुरा मिलिसकेको छ,’ उनले भने । प्रचण्डले कर्णाली प्रदेशमा सरकार जोगाएको प्रसङ्ग उल्लेख गर्दै भने, ‘अब केन्द्रमा पनि केही दिनमा कायापलट हुनेछ ।’

    मुख्यमन्त्रीको विश्वासको मत लिने प्रस्तावलाई पारित गराएर कर्णाली प्रदेशमा माओवादी नेतृत्व सरकार जोगाउन एमालेका ४ सांसदले ‘फ्लोर क्रस’ गरेका थिए । एमालेको माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गर्ने समीकरण काठमाडौंमा समेत बन्न सक्ने सम्भावना बलियो बन्दै गएको प्रचण्डले संकेत गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend