आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

देउवा प्रधानमन्त्री बन्न तयार भए माओवादीले ओली सरकारलाई दिएको समर्थन तुरुन्तै फिर्ता लिने

देउवा प्रधानमन्त्री बन्न तयार भए माओवादीले ओली सरकारलाई दिएको समर्थन तुरुन्तै फिर्ता लिने

  • मिडिया डबली
  • आइतवार, बैशाख ५ २०७८

  • 6.3K
    SHARES

  • देउवा प्रधानमन्त्री बन्न तयार भए माओवादीले ओली सरकारलाई दिएको समर्थन तुरुन्तै फिर्ता लिने

    काठमाडौं   -  मुलुकको राजनीतिक अवस्था निकै तरल बनेको छ । सत्तारुढ एमालेभित्रको किचलोले राजनीति तरल अवस्थामा पुगेको हो ।

    प्रतिपक्षी दलहरू वैकल्पिक सरकार बनाउन सक्ने अवस्थामा नभए पनि एमालेभित्रको किचलाले प्रधानमन्त्री केपी ओली कुनै पनि मद गुमाउने अवस्थामा पुगेका छन् । जसको संकेत कर्णाली प्रदेश सरकारले पाएको विश्वासको मतले पुष्टि गरेको छ ।

    एमाले नेतृत्वका कुनै पनि प्रदेश सरकार सुरक्षित देखिएका छैनन् । एकपछि अर्को प्रदेश सरकार परिवर्तन भएपछि केन्द्रमा ओलीलाई फाल्ने कांग्रेस र माओवादीको तयारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने ग्रिन सिग्नल दिए माओवादी केन्द्रले कुनै पनि समयमा ओलीलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

    नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसदबाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अड्किएका छन्।

    कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूबीच शनिबार भएका छुट्टाछुट्टै संवादमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउनेमा सहमति जुटेको छ ।

    तर, देउवाले एमसीसी सम्झौता अनुमोदन गर्ने विषयलाई सहमतिको अंग बनाउनुपर्ने बताएपछि निष्कर्षमा पुग्न नसकेको स्रोतहरूले बताए। ‘अरू विषय लगभग सहमति नजिक पुगिसकेको छ, एमसीसीबारे कुरा मिलेको छैन,’ स्रोतले भन्यो, ‘त्यसमा पनि एकमत बने आइतबार साँझसम्म देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्नेछ ।’

    देउवाले एमसीसी सम्झौता अनुमोदन नभए आफूलाई अप्ठ्यारो हुने बताएका थिए। माओवादीले भने सरकार बन्नुअघि र यथावत् अवस्थामा सम्झौता अनुमोदन गर्न नसकिने अडान राखेको छ।

    ‘हामी सहमतिको निकै नजिक पुगेका छौं, एमसीसीलाई साइडमा राख्ने हो भने आइतबार साँझसम्म गठबन्धन सरकार बनाउने सहमति जुट्नेछ,’ स्रोतले भन्यो, ‘त्यसो हुन सकेन भने पनि हामी अब अरू पर्खिन सक्दैनौं, समर्थन फिर्ता लिइहाल्छौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend