आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीलाई सघाएपछि कांग्रेसलाई मिल्दैछ यस्तो उपहार !

माओवादीलाई सघाएपछि कांग्रेसलाई मिल्दैछ यस्तो उपहार !

  • मिडिया डबली
  • शनिवार, बैशाख ४ २०७८

  • 12.4K
    SHARES

  • माओवादीलाई सघाएपछि कांग्रेसलाई मिल्दैछ यस्तो उपहार !

    काठमाडौं – पार्टी ह्विप उल्लंघन गर्दै नेकपा एमालेका ४ सांसदले मत दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा आफूप्रति विश्वास रहेको पुष्टि गर्न सफल भएका छन् ।

    नेकपा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापा र देवी ओलीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । तीमध्ये ओलीले भने पछि मत फिर्ता लिएकी थिइन् ।

    सांसद ज्वाला मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए । मुख्यमन्त्रीका पक्षमा विश्वासको मत दिएका एमाले सांसद माधवकुमार नेपाल पक्षका हुन् । ज्वाला एमाले नेपाल पक्षका कर्णाली प्रदेश अध्यक्ष हुन् ।

    मतदान हुनुअघि शुक्रवार प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले व्यक्तिगत सम्बन्धका आधारमा आफ्ना सांसदले ‘फ्लोर क्रस’ गरे कारबाही गर्ने चेतावनी दिए पनि त्यसले काम गरेन ।

    ४० सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरेर कारबाहीस्वरूप सांसद पद खोसिएपछि ३९ सदस्यीय बनेको थियो । माओवादी केन्द्रका शाहीलाई मुख्यमन्त्री कायमै रहन २० सांसदको समर्थन आवश्यक रहेको थियो ।

    आफ्नै पार्टीका १२ र नेपाली कांग्रेसका ६ जना जोड्दा पनि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था थिएन । एमालेसँग सभामुखसहित २० जना सांसद रहेका छन् ।

    ‘नेपाल समूहका सांसदको आश्वासनका कारण गणितीय हिसाबले अल्पमतमा हुँदाहुँदै पनि विश्वासको मत लिने आँट मुख्यमन्त्रीले गर्नुभएको थियो,’ माओवादी केन्द्रका सांसद ठम्मर बिष्टले भने, ‘हामीले जे रणनीति अपनाएका थियौं, सफल भयौं ।’

    कर्णाली प्रदेशका २० एमाले सांसदमध्ये ९ जना नेपाल पक्षका छन् । नेपाल पक्षको नेतृत्व ज्वालाले गर्दै आएका छन् । प्रदेश संरचनाको शुरूको विन्दुदेखि नै मुख्यमन्त्री शाही र ज्वालाबीच राजनीतिकसँगै व्यक्तिगत सम्बन्ध घनिष्ट छ । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको द्वन्द्वको फाइदा पनि कर्णालीका मुख्यमन्त्री शाहीलाई मिलेको छ ।

    राप्रपाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक मात्रै सांसद सोशीला शाही भने मतदान शुरू हुनुअघि नै बैठक कक्षबाट बाहिरिएकी थिइन् । उनलाई कँडेल पक्षले मन्त्री बनाउने आश्वासन दिएकाले उनी मत जाहेर नगरी बाहिरिएको राप्रपाकै एक नेताले बताए । मतदानमा सहभागी ३७ सांसदमध्ये माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरे भने विपक्षमा १५ मत मात्रै खस्यो ।  

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ ढंगले सत्ता समीकरण भएकाले सोही अनुसार मन्त्रिमण्डल पुनर्गठन गर्ने बताए । प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत दिने नेपाली कांग्रेससहित फ्लोर क्रस गरेर मतदान गरेका एमाले सांसदलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरिने बताए । माओवादीलाई सघाएपछि अब कांग्रेस लगायतले मन्त्री उपहार पाउने भएका छन् ।

    ‘सरकारलाई समर्थन गरेका नेपाली कांग्रेससहित अन्य माननीयलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,’ उनले भने, ‘नीति, कार्यक्रम र बजेटको तयारी गर्नुपर्ने बेला भइसकेकाले यो काम केही दिनभित्रै हुन्छ ।’

    नेकपा एमाले संसदीय दलको बैठकले कर्णाली प्रदेशका ४ सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन सहयोग गरेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिस गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बताए । ‘उहाँहरुलाई दलीय व्यवस्था र ऐनअनुसार गर्न मिल्ने कारबाही गरिएको छ,’ शाहले भने । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend