काठमाडौं – कर्णाली प्रदेशको सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जितेपछि प्रधानमन्त्री निवास बालुवाटारमा छटपटी देखिएको छ ।
नेकपा एमालेका सांसदले फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्रीलाई प्रदेश सभामा विश्वासको मत दिएपछि एमालेभित्र हंगामा मच्चिएको छ ।
बालुवाटारमा छटपटी मच्चिएको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा र देवी ओली – यी पाँचको अपराध अक्षम्य छ । आर्थिक प्रलोभन वा राजनीतिक बिक्रीबट्टा यो कुन कोटीको गोटी बनेको दृष्टान्त हो ? यस तहको गद्दारी किमार्थ मान्य हुन सक्दैन । प्रचण्डका हली–गोठाला बनेर यो तहको घात गर्ने ?’
प्रदेश सभामा फ्लोर क्रस गरेपछि नेकपा एमालेले यी पाँचै जनालाई कारवाही प्रक्रिया अगाडि बढाइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।