आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई ठूलो धक्का लागेपछि एमालेभित्र कडा ‘एक्सन’

केपी ओलीलाई ठूलो धक्का लागेपछि एमालेभित्र कडा ‘एक्सन’

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३ २०७८

  • 10.5K
    SHARES

  • केपी ओलीलाई ठूलो धक्का लागेपछि एमालेभित्र कडा ‘एक्सन’

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई ठूलो धक्का लाग्ने गरी कर्णाली प्रदेशमा फ्लोर क्रस भएपछि सांसदविरुद्ध एक्सन सुरु भएको छ ।

    नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका ४ जना नेतालाई पार्टीको साधारण सदस्य र सांसद पदबाट हटाउनका लागि प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

    आज शुक्रवार बसेको संसदीय दलको बैठकले पार्टीको ह्वीप उल्लंघन गरेको निष्कर्ष निकाल्दै ४ जना नेतालाई पार्टीको साधारण सदस्य र सांसद पदबाट हटाउन प्रदेश हुँदै केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको नेता गुलावजंग शाहले बताएका छन् ।

    सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद पदबाट हटाउन सिफारिस गरिएको उनले बताए । विश्वासको मतमा हस्ताक्षर गरी फिर्ता लिएकी देवी ओलीलाई २४ घण्टे अल्टिमेटम सहितको स्पष्टीकरण सोध्ने निर्णय समेत गरिएको छ ।

    एमालेभित्र नेपाल–खनाल पक्षका ४ जना नेताले आज शुक्रबार नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend