आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कर्णालीमा एमालेभित्र ठूलो विद्रोह : कता हराए ४ सांसद ? माओवादीलाई धेरै फाइदा

कर्णालीमा एमालेभित्र ठूलो विद्रोह : कता हराए ४ सांसद ? माओवादीलाई धेरै फाइदा

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३ २०७८

  • 9.1K
    SHARES

  • कर्णालीमा एमालेभित्र ठूलो विद्रोह : कता हराए ४ सांसद ? माओवादीलाई धेरै फाइदा

    काठमाडौं – कर्णाली प्रदेशका नेकपा एमालेभित्र ठूलो विद्रोह भएको छ ।

    माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाएर एमाले सरकार बनाउन समर्थन फिर्ता लिएको भएपनि एमालेभित्र विद्रोह भएर ४ सांसद हराएपछि माओवादीको सरकार जोगिएको छ ।

    एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिन राखेको प्रस्ताव आज शुक्रबार बहुमतले पारित भएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए ।

    कर्णाली प्रदेशसभामा नेकपा एमालेका १९ सांसद भएपनि मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा १५ मत मात्रै खसेका छन् भने एमालेका ४ मत हराएका छन् ।

    मुख्यमन्त्री शाहीको प्रस्तावमाथि भएको मतदानमा कूल ३७ मत खसेकोमा प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो । सभामुखले शाही नेतृत्वको सरकारमाथि सभाको विश्वास रहेको घोषणा गरेका छन् । प्रदेश सभामा माओवादीका १२ र नेपाली कांग्रेसका ६ मत गरी १८ मत मात्रै खुलेर समर्थनमा आएका थिए । 

    मुख्यमन्त्रीको खुला समर्थनमा १८ मत मात्रै भएपनि मतदानका क्रममा २२ मत आएकाले मुख्यमन्त्रीलाई ४ मत बाहिरबाट आएको देखिएको छ । एमालेका ४ मत विपक्षमा परेनन् । यसरी एमालेभित्र ठूलो विद्रोह भएको छ ।

    यसअघि, कर्णाली प्रदेशमा नेपाली कांग्रेसले माओवादीका पक्षमा उभिने निर्णय सुनाएको थियो । माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन प्रदेश सभामा राखेको प्रस्तावमाथिको छलफलका क्रममा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएकोबारे जानकारी दिएका थिए ।

    कांग्रेसले केन्द्रको निर्णय पर्खेर बसेको र केन्द्रमा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिपछि कांग्रेस माओवादीको पक्षमा उभिएको थियो ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन प्रदेश सभासामु प्रस्ताव पेश गरेका थिए । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रस्ताव पेश गर्दै मुख्यमन्त्री शाहीले भने, ‘एकताबद्ध छौं भन्ने आभास दिन लागि विश्वासको मत लिने प्रस्ताव पेश गरेको छु ।’

    शाहीले असन्तुष्टिका विषयमा छलफल गर्न सकिने भएकाले विश्वासको मत दिन प्रदेश सभामा अपिल गरेका छन् ।

    मुख्यमन्त्री शाहीले भने, ‘माओवादी केन्द्रको सिटको क्षमता कति छ भन्ने थाहा हुँदाहुँदै पनि सबै माननीयज्यूहरुलाई दलको तर्फबाट अपिल गरिसकेका छौं । फेरि पनि सदनबाट सबै माननीय सदस्यज्यूहरुलाई भन्न चाहन्छु – छलफल गरौंला, कर्णालीका इस्यू साझा इस्यु हुन् । सबैले मतदान गर्नुहुन्छ भन्ने विश्वाससहित प्रस्ताव पेश गर्न चाहन्छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend