आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा विष्णु पौडेल र सुवास नेम्वाङको छुट्टै ‘मिसन’ : सफल होला ?

एमालेमा विष्णु पौडेल र सुवास नेम्वाङको छुट्टै ‘मिसन’ : सफल होला ?

  • मिडिया डबली
  • बिहिवार, बैशाख २ २०७८

  • 15.3K
    SHARES

  • एमालेमा विष्णु पौडेल र सुवास नेम्वाङको छुट्टै ‘मिसन’ : सफल होला ?

    काठमाडौं – सत्तारुढ नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेर नेता माधवकुमार नेपाल पक्षले समानान्तर कमिटीको अभ्यासलाई तीब्रता दिएका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरू विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ छुट्टै मिसनमा लागेका छन् ।

    एमालेलाई फुटबाट जोगाउन ओलीनिकट २ प्रभावशाली नेताहरू अर्थमन्त्री पौडेल र पूर्व सभामुख नेम्वाङ सक्रिय भएका छन् ।

    मन्त्री पौडेल र नेम्वाङले माधवकुमार नेपाल पक्षका नेतासँग अनौपचारिक कुराकानी समेत गरिरहेका छन् । तर ओली र नेपाल दुवै पक्षले आ–आफ्नै अडान लिइरहेकाले सहमतिको सम्भावना भने नरहेको जानकारहरू बताउँछन् । तैपनि पौडेल र नेम्वाङले सहमतिको विन्दु तयार पार्ने विषयमा छलफल अघि बढाएका हुन् ।

    एमालेलाई नेकपा हुनुअघिको ठीकअघि २०७५ जेठ २ गतेको अवस्थामा रहने गरी सहमतिमा लैजानेबारे छलफल भइरहेको छ । नेता नेपालले पनि यही माग राख्दै आएका छन् । तर ओलीले एमाले पछाडि फर्किन नसक्ने अडान लिइरहेका छन् । ओली पक्षीय दुवै नेताले एमालेलाई पुरानै अवस्थामा फर्काउन सकिने तर त्यसका लागि प्रधानमन्त्री ओलीलाई पूरा कार्यकाल सरकारमा रहने गरी साथ दिनुपर्ने शर्त राखेको स्रोतले जनाएको छ ।

    नेता नेपाल पक्षले समानान्तर कमिटी गठन गरी देशभर छुट्टै पार्टी कमिटी बनाउँदा फुटको औपचारिक घोषणा हुन मात्र बाँकी देखिएको छ । 

    अध्यक्ष ओलीले माधव नेपाल पक्षमाथि कारबाही नै गरिसकेका छन् । नेता नेपाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन समेत गरिएको छ । नेता नेपाल निकट भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई समेत निलम्बनमा गरिएको छ ।

    नेता नेपाल पक्षले सहमतिका लागि निलम्बनको निर्णय फिर्तादेखि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीको सबै संरचना कायम गर्नुपर्ने शर्त राखेको छ । मन्त्री पौडेल र नेम्वाङले प्रधानमन्त्री ओलीले पूरा कार्यकाल प्रधानमन्त्री रहन पाउने शर्तमा पुरानै अवस्थामा फर्किन सकिने गरी सहमतिको प्रयास गरिरहेका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend