सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

नेपाली कांग्रेसको सरकार आएपनि समर्थन गर्ने राष्ट्रिय जनमोर्चाको निर्णय

नेपाली कांग्रेसको सरकार आएपनि समर्थन गर्ने राष्ट्रिय जनमोर्चाको निर्णय

  • मिडिया डबली
  • बुधवार, बैशाख १ २०७८

  • 6.1K
    SHARES

  • नेपाली कांग्रेसको सरकार आएपनि समर्थन गर्ने राष्ट्रिय जनमोर्चाको निर्णय

    काठमाडौं – राष्ट्रिय जनमोर्चा (राजमो) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशमा नयाँ सरकार बनाएपनि आफ्नो समर्थन रहने जनाएको छ ।

    गण्डकी प्रदेशको सत्ता समीकरणबारे प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष चित्रबहादुर केसीले एमाले सरकार हटाएर माओवादी केन्द्र र नेपाली कांग्रेस जसको सरकार आएपनि समर्थन गर्ने जानकारी दिए ।

    नेकपा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन फिर्ता लिँदै राजमोले नेपाली कांग्रेस वा माओवादी केन्द्र जसको सरकार आएपनि समर्थन रहने जनाएको छ ।

    ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरूले पनि प्रतिगमनलाई मद्दत पुग्छ,’ वक्तव्यमा उल्लेख छ, ‘त्यसकारण गण्डकी प्रदेश सरकारविरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।’

    भाबी मुख्यमन्त्रीमा कांग्रेस र माओवादी जो आएपनि समर्थन रहने राजमोले स्पष्ट पारेको छ । ‘मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेपाली कांग्रेस जुन आएपनि त्यो उनीहरूबीच बन्ने समीकरणको कुरा हो । त्यसमा हाम्रो समर्थन रहने छ । तर त्यो सरकारमा हामी भने सहभागी हुने छैनौं,’ वक्तव्यमा उल्लेख छ ।

    वर्तमान राजनीतिक अन्योलको स्थिति अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु उत्तम विकल्प हुने प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

    यस्तो छ प्रेस वक्तव्य –

    rj.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend