काठमाडौं – नेकपा एकता सर्वाेच्च अदालतबाट बदर भएपछि छुट्टाछुट्टै हिँडिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताकार्यकर्ता तानातानमा लागेका छन्् ।
प्रधानमन्त्री ओलीले तत्कालीन नेकपा माओवादीका लडाकुलाई आफ्नो पक्षमा पार्न जोडबल गरेका छन् । यसका लागि ओलीले लडाकु फकाउने विभिन्न उपाय निकालेका छन् ।
नयाँ वर्ष २०७८ का अवसरमा आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वपीडित लडाकुलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रम राखिएको छ ।
तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका तथा हालसम्म राज्यले उचित सम्मान र सम्बोधन नगरेकाहरू तथा अन्य पीडितलाई सम्मान गर्न लागिएको जनाइएको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री ओलीले बैशाख १ गते बिहान प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने र दिउँसो सम्मान कार्यक्रम हुने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।