आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा नयाँ अध्यक्षसहित २५० सदस्यीय कमिटी घोषणा

एमालेमा नयाँ अध्यक्षसहित २५० सदस्यीय कमिटी घोषणा

  • मिडिया डबली
  • मंगलवार, चैत्र ३१ २०७७

  • 13.1K
    SHARES

  • एमालेमा नयाँ अध्यक्षसहित २५० सदस्यीय कमिटी घोषणा

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच देशभर समानान्तर अभ्यास भइरहेका बेला रूपन्देहीमा एमालेको समानान्तर कमिटी घोषणा गरिएको छ ।

    नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले राजु गुरुङको अध्यक्षतामा २५० सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

    नेता युवराज ज्ञवाली र घनश्याम भुसालको उपस्थितिमा मंगलबार जिल्ला कमिटी घोषणा गरिएको छ ।

    रुपन्देही जिल्ला विस्तारित बैठकमार्फत एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको अध्यक्ष राजु गुरुङले जानकारी दिए । उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्विचरण भट्टराई चयन भएका छन् । 

    पार्टीको क्षेत्रीय कमिटी, पालिका इन्चार्ज र जनवर्गीय संगठनको संयोजकको जिम्मेवारी पनि नयाँ नेतालाई तोकिएको जिल्ला सदस्य खेम लुइँटेलले बताएका छन् ।

    देशभर दुबै पक्षबीच एकअर्कालाई कारवाही गर्ने र समानान्तर कमिटी गठन गर्ने अभ्यास तीब्र रुपमा भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend