काठमाडौं – नयाँ सत्ता समीकरणमा निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार बनाउने निष्कर्षमा पुगेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग मागेपछि जसपामा नयाँ सरकार गठनबारे छलफल सुरू भएको हो ।
जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठबीच आईतवार नयाँ सरकार गठनका विषयमा छलफल भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत हप्ता आफ्नो निवासमा नेकपा माओवादी केन्द्र र जसपा नेताहरुको बैठक राखेर नयाँ सरकार निर्माणका लागि सहयोग मागेपछि जसपा सक्रिय बनेको हो ।
सभापति देउवालाई स्पष्ट जवाफ नदिएका जसपा नेताहरू नयाँ सरकार गठनकै विषयमा छलफलमा जुटेका स्रोतले जनाएको छ । जसपाभित्र डा. भट्टराई र उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने अडानमा रहेका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो माग पूरा भए ओलीलाई नै सघाउन सकिने विकल्पमा समेत लचिलो देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।