आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेका बहुमत सांसदले छाने नयाँ दल नेता, ओलीलाई ठूलो झड्का !

एमालेका बहुमत सांसदले छाने नयाँ दल नेता, ओलीलाई ठूलो झड्का !

  • मिडिया डबली
  • आइतवार, चैत्र २९ २०७७

  • 68.0K
    SHARES

  • एमालेका बहुमत सांसदले छाने नयाँ दल नेता, ओलीलाई ठूलो झड्का !

    काठमाडौं – नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच एकअर्कालाई कारवाही र निषेध गर्ने राजनीति चर्किएका बेला २ नम्बर प्रदेश संसदीय दलमा नयाँ नेता चयन गरिएको छ ।

    एमालेका बहुमत सदस्यको अध्यक्ष ओली पक्षीय नेता सत्यनारायण मण्डललाई हटाएर नेपाल पक्षीय सांसद सत्रुधन महतोलाई दल नेता चयन गरेका छन् । यो निर्णयले अध्यक्ष ओली पक्षलाई ठूलो झड्का लागेको छ ।
     
    प्रदेश सभामा रहेका एमालेका २१ सांसदमध्ये आज आईतवार १३ सांसद उपस्थित बैठकले मण्डललाई हटाएर शत्रुधन महतोलाई संसदीय दलको नेता चयन गरेको छ । आईतवारको बैठकमा सहभागी हुने सांसदहरू माधव नेपाल पक्षका रहेका छन् ।

    दलको उपनेतामा रवीन्द्र बैठालाई चयन गरिएको सांसद बेचु लुंगेलीले जानकारी दिए । सांसद सुन्दरबहादुर विश्वकर्मालाई प्रमुख सचेतक र लुंगेलीलाई सचेतक तोकिएको छ । 

    तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेपछि संसदीय दलको नेतामा मण्डल नै रहेका थिए तर पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड–माधव पक्षले मण्डललाई नेताबाट हटाएर महतोलाई दल नेता चयन गरेको थियो ।

    सर्वाेच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्र दुवै दललाई पुरानै अवस्थामा फर्किने फैसला सुनाएपछि एमालेको बहुमत सदस्यको बैठकले संसदीय दलको नेतामा महतोलाई चयन गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend