आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यसरी भए केपी ओली झन् बलिया, प्रचण्डको अर्कै छटपटी !

यसरी भए केपी ओली झन् बलिया, प्रचण्डको अर्कै छटपटी !

  • मिडिया डबली
  • आइतवार, चैत्र २९ २०७७

  • 7.5K
    SHARES

  • यसरी भए केपी ओली झन् बलिया, प्रचण्डको अर्कै छटपटी !

    काठमाडौं – नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी (जसपा) निर्णायक देखिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपालाई हात लिएर सत्ता हत्याउने दाउमा देखिएका छन् ।

    तर निर्णायक शक्ति जसपाले नयाँ सरकार गठनको विषयमा निर्णय लिन सकेको छैन । प्रधानमन्त्री तथा एमालेका अध्यक्षका केपी शर्मा ओलीसँग संघन छलफलमा रहेको जसपासँग प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत छलफल गरेको छ ।

    पार्टीले गरेको निर्णय अनुसार कांग्रेसले माओवादी केन्द्र र जसपासँग छलफल थालेको छ । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफ्नो साथ रहने जवाफ दिए पनि जसपाले हालसम्म कुनै पनि जवाफ नदिएकाले देउवाको नेतृत्वमा सरकार गठनको प्रक्रिया तत्काल अगाडि नबढ्ने कांग्रेस नेताहरू बताउँछन् ।

    एक नेताका अनुसार सरकारको नेतृत्व गर्न जसपाको साथ अनिवार्य रहेको र जसपाले साथ नदिने बित्तिकै सरकार गठनको काम अगाडि नबढ्न देखिएको छ । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ओली सरकार विस्थापित गरेर पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने दबाब दिएपछि १ हप्ताअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । 

    निर्णय कार्यान्वयन नभएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएपछि शुक्रवार सभापति देउवाले माओवादी केन्द्र र जसपासँग सरकार गठनको लागि छलफल गरेका थिए । छलफलमा नयाँ सरकार गठनको विषयलाई लिएर सभापति देउवा र पौडेलबीच भनाभन नै भयो ।

    यति मात्र होइन, सरकार गठनको विषयलाई लिएर देउवा र पौडेलबीच सार्वजनिक मञ्चमै समेत एकअर्काले आरोप–प्रत्यारोप लगाउँदै आएका छन् । पौडेल पक्षले देउवाको नेतृत्वमा सरकार गठन गरेर आगामी महाधिवेशनबाट पार्टी सभापति आफ्नो पक्षमा पार्न चाहेको छ । तर सभापति देउवा आगामी महाधिवेशनबाट पुनः पार्टी सभापति भई आगामी निर्वाचनबाट प्रधानमन्त्री बन्ने योजनामा रहेका छन् ।

    पौडेल पक्षका एक नेता भन्छन्, ‘हामीले ओली सरकारलाई विस्थापित गरेर पार्टी सभापतिकै नेतृत्वमा सरकार गठन गर्नुपर्छ भनिरहेका छौं तर सभापति सरकारको नेतृत्व लिन तयार नै हुनुभएको छैन ।’

    पौडेल पक्षले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा पनि संवैधानिक निकायको नियुक्तिमा भागबण्डा लिएर देउवाले उक्त कदमको समर्थन गरेको आरोप लगाउँदै आएका छन् । ती नेताका अनुसार सभापति देउवा र प्रधानमन्त्री ओलीको चाहना छिटोभन्दा छिटो निर्वाचन नै गराउने रहेको देखिएको छ । 

    कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्रले मात्र साथ दिएर पुग्ने अवस्था छैन, यसका लागि जसपाको साथ अनिवार्य रहेको छ । तर जसपाले भने सरकार गठनबारे निर्णय गर्ने बेला नै आइनसकेको बताएको छ । जसपाका नेता राजेन्द्र महतोले अहिले आफ्नो पार्टीको प्राथमिकता सरकार नभएको बताए ।

    ‘अहिले बहुमतकै सरकार छ, सरकारमा कुनै संकट देखिँदैन । जसपाको अहिलेको एजेन्डा आफ्नो नेता तथा कार्यकर्ताको रिहाइ हो, सरकारको विषयमा हामी प्रवेश नै गरेका छैनौं,’ उनले भने । उनका अनुसार आफ्नो पार्टीका २०८ जना नेता कार्यकर्तामाथि लगाइएका झूटा मुद्दा फिर्ताको लागि सरकारलाई फाइल बुझाएर सरकारले प्रक्रिया समेत अगाडि बढाएको छ ।

    प्रमुख प्रतिपक्ष दलबीच नयाँ सरकार गठनमा कुरा नमिल्दा प्रधानमन्त्री केपी शर्मा ओली ढुक्क देखिएका छन् । माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक भएपछि जसपा थप लचक बनेको हो । जसको कारण जसपाले तत्काल कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने निर्णय नगर्ने भएको छ ।

    नयाँ सरकारको गठनको गृहकार्यमा माओवादी केन्द्र जुटेपनि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ । माओवादीले नयाँ सरकार गठन गर्ने सुनिश्चिता नभएसम्मको अवस्थामा सरकारलाई दिएको समर्थन कायमै राख्ने नीति लिएको कारण प्रधानमन्त्री ओलीलाई ढुक्क देखिएका छ । नयाँ सत्ता समीकरणका लागि गृहकार्य भइरहेको जानकारी दिँदै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय प्राविधिक भएको बताउँछन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्र नयाँ सरकार गठन हुने दाबी गरेका छन् । जसपाले निर्णय गर्न आनाकानी गरिरहेकै बेला प्रचण्डले भने यस्तो दाबी गरेका हुन् ।

    राजधानीमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले परिस्थिति असहज भएपनि नयाँ सरकार गठन गरेर अगाडि बढ्ने वातावरण बनिरहेको बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रवार सरकार गठनका विषयमा माओवादी र जसपाका नेताहरुलाई बोलाएर छलफल गरेका थिए ।

    प्रचण्डले एमाले र माओवादी केन्द्र ब्युँताएकोमा सर्वोच्च अदालतप्रति आपत्ति जनाउँदै विचार र धारणा मिलेकालाई जबरजस्ती डिभोर्स गराइएको टिप्पणी गरे । राजनीतिक परिस्थिति अझै सहज भइनसकेको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको कालो बादल हटिनसकेको जिकिर समेत गरेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend