काठमाडौं– नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित भएका लोकप्रिय गायक रूद्रसेन विश्वकर्मा मैथिली गीत ‘लभ करे दे’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । रुद्रसेन विश्वकर्मा र सोनी कुमारीको यूगल स्वरको उक्त गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
गीतका रचनाकार रूद्रसेन विश्वकर्मा हुन् भने रूद्रसेन विश्वकर्माले नै यस गीतलाई संगीतबद्ध गरेका छन् । गीतका संगीत संयोजक भने पारस मणि हुन् ।
रूद्रसेन क्रियसनको प्रस्तुतिमा निर्मात्री नीर कुमारी विश्वकर्मा (सविना) को निर्माण रहेको उक्त मैथिली भिडिओमा मोडल रिचा थापा र प्रदिप कुमार रसाइलीलाई देख्न सकिन्छ । भिडिओमा प्रदीप कुमार रसाइलीको निर्देशन रहेको छ । त्यसैगरी नबिन गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।