आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस र माओवादी केन्द्रलाई जिल्याउँदै ओलीसँग घाँटी जोड्दै महन्थ र राजेन्द्र

कांग्रेस र माओवादी केन्द्रलाई जिल्याउँदै ओलीसँग घाँटी जोड्दै महन्थ र राजेन्द्र

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २७ २०७७

  • 6.3K
    SHARES

  • कांग्रेस र माओवादी केन्द्रलाई जिल्याउँदै ओलीसँग घाँटी जोड्दै महन्थ र राजेन्द्र

    काठमाडौं – नेपाली कांग्रेस र माओवादी केन्द्रलाई जिल्याउँदै जसपा ओली सरकारमा सामेल हुने अन्तिम कसरतमा लागेको छ ।

    ओलीलाई सरकारबाट फाल्न जसपाको अर्को पक्ष कांग्रेस र माओवादी केन्द्रसँग औपचारिक, अनौपचारिक वार्तामा सक्रिय भएका बेला महन्थ ठाकुर र राजेन्द्र महतो भने अहिले नै सरकारमा सामेल हुनुपर्ने पक्षमा छन् । 

    प्रधानमन्त्री ओलीको लोकप्रियता दिनप्रतिदित गिर्दो अवस्थामा छ तर ठाकुर र महतोलाई जसरी पनि सत्तामै पुग्नुपर्ने हतार देखिएको छ ।

    जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव कुनै पनि हालतमा ओली सरकारलाई निरन्तरता दिन नहुने पक्षमा रहेका छन् । उनीहरु कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरेर नयाँ सरकार बनाउनुपर्ने अडानमा रहेका छन् । 

    प्रधानमन्त्री केपी ओलीले जसपाका नेता कार्यकर्तामाथि विभिन्न अदालतमा दायर भएका मुद्दा फिर्ता लिन सकिने आश्वासन दिएर ठाकुर र महतोलाई फकाएका छन् ।

    थुनामा रहेका पार्टीका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयक पास गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग जसपाले राखेको छ । सोही मागको संवोधन गर्ने क्रममा जसपा र सरकारसँग भएको सहमतिका आधारमा गृह मन्त्रालयमा २१० जनाको मुद्दा फिर्ता लिनुपर्ने सूची तयार भएको छ । 

    गृह मन्त्रालयमा मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरुको नामावली बुझाउनुअघि जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसँग एक्लाएक्लै कुराकानी गरेका थिए । स्रोतका अनुसार सरकारले जसपाले राखेका माग पूरा नगरे पनि ठाकुर र महतो भने ओलीसँगै जाने मनस्थितिमा देखिएका छन् । 

    केही गरी ओली सरकार ढल्यो भने बिजोग भने जसपाको पूर्व राजपा समूहको हुने देखिएको छ । जसपाका महेन्द्र राय यादव पनि ओलीसँग सहकार्य गर्न हुन्न भन्ने पक्षमा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend