आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रचण्डले सुर्खेतमा गरे भयंकर खुलासा, आजै उथलपुथल !

प्रचण्डले सुर्खेतमा गरे भयंकर खुलासा, आजै उथलपुथल !

  • मिडिया डबली
  • बिहिवार, चैत्र २६ २०७७

  • 16.7K
    SHARES

  • प्रचण्डले सुर्खेतमा गरे भयंकर खुलासा, आजै उथलपुथल !

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तनको विषयलाई टुंगोमा पुर्‍याउन छलफल भइरहेको र आजै साँझसम्म निष्कर्षमा पुगिने बताएका छन् ।

    कर्णाली प्रदेशस्तरीय महिला नेता कार्यकर्ताको भेलालाई बिहीबार सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले सरकार परिवर्तनको छलफललाई छिट्टै निष्कर्षमा पुर्‍याइने खुलासा गरे ।

    प्रचण्डले भने, ‘सबै कुरा राख्न त भ्याउँदिनँ, अहिले नै नेपालगञ्ज हुँदै काठमाडौं फर्किनुपर्ने छ । भरे काठमाडौंमा महत्त्वपूर्ण मिटिङ छ । तपाईंहरुलाई थाहा छ सरकार परिवर्तनको छलफल चलिरहेको छ, त्यसलाई टुंगोमा पुर्‍याउनुपर्ने छ ।’

    प्रचण्डले मुलुकमा प्रतिक्रान्तिको खतरा अझै कायमै रहेको पनि बताएका छन् । ‘खतराको घण्टी बजिरहेकै छ । प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्ने काम प्रधानमन्त्रीज्यूबाट भयो । अझै पनि प्रतिक्रान्तिका खतरा कायम छन्,’ उनले भने, ‘मैले सोचें । यो क्रान्तिलाई बालुवाटारमा बालुवा पेलेर बचाउन सकिएन । मैले एउटा संकल्प गरें र देशकै एउटा विशिष्ट कर्णाली प्रदेशमा आएको छु । काठमाडौंको घेराबन्दीलाई चिर्ने ताकत चाहिँ श्रमजीवी जनताबाहेक कसैमा छैन ।’

    प्रतिक्रान्तिका षड्यन्त्रलाई चिर्न फेरि एकपटक हिजोकै जस्तो स्पिरिट र हिजोको जस्तै एकता चाहिएको समेत उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend