सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

उद्घाटनको तमासा नदेखाउन ओलीलाई गगन थापाको चुनौती

उद्घाटनको तमासा नदेखाउन ओलीलाई गगन थापाको चुनौती

  • मिडिया डबली
  • बिहिवार, चैत्र २६ २०७७

  • 6.0K
    SHARES

  • उद्घाटनको तमासा नदेखाउन ओलीलाई गगन थापाको चुनौती

    काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई उदघाटनको तमासा नदेखाउन चुनौती दिएका छन् ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा थापाले ओलीलाई संसद्बाट भागेर होइन, के के विकास भएका छन् आएर बहस गर्न चुनौती दिएका हुन् । थापाले उद्घाटन गर्दै हिँड्ने प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन समय नमिलेको भन्दै आपत्ति जनाए ।

    उनले वर्षौँदेखि थला परेका आयोजनालाई पूरा गर्नतर्फ ध्यान दिन आग्रह गरे । दर्जनौँ विधेयक पास गर्नुपर्ने, रोकिएका काम अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीको ध्यान नगएको उनको भनाइ थियो ।

    संसद् छल्ने ओली प्रवृत्तिको कटु आलोचना गरेका छन् । ‘संसद्लाई छलेर, भागेर होइन, यहीँभित्र आएर छलफल गरौँ । शिलान्यास, उदघाटन गर्ने रहर हो भने बालुवाटारमा खाली जग्गा छ, त्यहीँ गर्नुहोला,’ उनले भने ।

    नेता थापाले नेपालको इतिहासमा सबैभन्दा बढी अवसर पाएको अवस्थामा सरकारले तीन वर्षको अवधिमा काम कति गर्‍यो भन्ने विषयमा तथ्य, तथ्यांकमा बहस गर्न ओलीलाई चुनौती दिएका छन् ।

    ओलीले गर्नुपर्ने काम नगरेर जथाभावी गर्दै हिँडेको थापाको आरोप छ । ‘हुक्के चिलिमेहरु राखेर तपाईंले माथिबाट ठोक्ने तलबाट ताली बजाउनेरु कहाँ चमत्कार भएको छ, संसदमा आउनुस् प्रधानमन्त्रीज्यू बहस गरौँ। संसदलाई छलेर भागेर होइन यहाँ आउनुस्,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend