आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली सरकारका यी ४ मन्त्रीको पद आजै चट् !

ओली सरकारका यी ४ मन्त्रीको पद आजै चट् !

  • मिडिया डबली
  • बिहिवार, चैत्र २६ २०७७

  • 5.7K
    SHARES

  • ओली सरकारका यी ४ मन्त्रीको पद आजै चट् !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका नेकपा माओवादी केन्द्रका ४ जनाको सांसद पद आज बिहीबार गुम्ने भएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले चारै मन्त्री सांसद नभएको सूचना बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा सुनाउने भएका छन् । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

    संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले चारै जनालाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको थियो । बैठकमा सांसदबाट हटाएको सूचना आज बिहीवार जारी गर्ने तय भएको छ ।

    यसअघि गत मंगलवार माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभू साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो ।

    २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट चुनाव जितेका उनीहरु तत्कालीन नेकपामा विवाद उत्कर्षमा पुगेका बेला ओली पक्षमा लागेका थिए । ओली नेतृत्वको एमालेमा लागेपछि माओवादीले कारवाही गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend