काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मातहतको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आईतबार पुनः बढाएको छ ।
पछिल्लो विवरण अनुसार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा समेत प्रतिलिटर २ रुपैयाँ नै वृद्धि भएको छ । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर १०३ रुपैयाँ कायम भएको छ ।
नयाँ मूल्यसूची आईतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।
निगमको आईतबारको निर्णयअनुसार नै मूल्यवृद्धि भएको छ । पछिल्लोपटक १ अप्रिलमा इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको थियो ।
मूल्य समायोजन नगर्दा निगमलाई मासिक १ अर्ब ९ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको निगमले जनाएको छ ।
निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ३९ पैसा, डिजेलमा १ रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई करीब ८८ करोड रुपैयाँ बराबरको घाटा हुने देखिएको छ ।
एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा ६० करोड १३ लाख रुपैयाँ बराबरको घाटा भइरहेको छ । घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने भएको छ । कम्युनिस्ट सरकारले इन्धनमा विभिन्न प्रकारका कर जोडेर लिने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।