काठमाडौं - माओवादी केन्द्रको ढुलमुले चरित्रका प्रधानमन्त्री केपी ओलीले सत्ताको आयु लम्बिँदै गएको छ । जनतालाई देखाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले कांग्रेसले खुट्टा दह्रो नटेक्दा ओलीलाई हटाउन नसकिएको भन्दै आए पनि यथार्थ भने निकै फरक छ ।
शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा आफूले राजीनामा दिने स्पष्ट पारेका थिए । तर, ओलीले त्यसरी खुला चुनौती दिँदा पनि माओवादी केन्द्र लुरुक्क परेर तत्काल समर्थन फिर्ता नलिने बताउन थालेको छ ।
माओवादी केन्द्रको आज बस्ने स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएको थियो । तर, माओवादीको स्थायी कमिटी बैठक नै स्थगित हुन पुगेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत आज सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउनु्ले सो पार्टी नै ओलीलाई निरन्तरता दिने मनस्थितिमा रहेको विश्लेषण गर्न थालिएको छ ।
माओवादी केन्द्रकै डेडलाइनका कारण शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन र पार्टी नेतृत्वमा नयाँ सरकारको प्रयास गर्ने निर्णय गरेको थियो ।
कांग्रेसको सो निर्णयलगत्तै प्रचण्डले नयाँ सरकार गठन प्रयास अघि बढ्ने बताएका थिए । तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै ओलीले जसपालाई साथमा लिएर सरकार चलाउने र माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको फाइल खोल्ने संकेत पाएपछि माओवादी केन्द्र ब्याक भएको चर्चा छ ।
कांग्रेसले गत शुक्रबारको केन्द्रीय कमिटी बैठकमार्फत ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्र समर्थन फिर्ता लिने र ओलीविरुद्ध अविश्वासको प्रस्ताव लगेर संसदमा फेस गर्न बाध्य पार्ने चर्चा चलेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।