काठमाडौं – सत्तारुढ कम्युनिस्ट पार्टीभित्र किचलो बढेर प्रधानमन्त्री केपी शर्मा ओली आफैं संकटमा परेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेका छैनन् ।
विभिन्न सार्वजनिक कार्यक्रममा समर्थन फिर्ता लिने तयारी भइरहेको बताउँदै आएका अध्यक्ष प्रचण्ड पछि हट्दै गएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चासहित आईतबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन छाडेर बैठक स्थगित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि शनिबार एमाले नेता तथा अर्थमन्त्री विष्णु पौडेल र माओवादी नेता जनार्दन शर्माबीच गोप्य भेटवार्ता भएको छ । भेटमा सत्ता सहकार्यका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
स्थायी कमिटी बैठक स्थगित गर्नुको कारणमा केही स्थायी समिति सदस्यहरू उपत्यका बाहिर रहेको खुलाइएको छ । तर भित्रि कारण के हो भनेर सार्वजनिक गरिएको छैन । अर्को बैठकको मिति समेत तय गरिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।