आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाललाई कारवाही भएपछि ओली र प्रचण्डलाई मिलाउने खेल, यस्तो तथ्य बाहिरियो

माधव नेपाललाई कारवाही भएपछि ओली र प्रचण्डलाई मिलाउने खेल, यस्तो तथ्य बाहिरियो

  • मिडिया डबली
  • आइतवार, चैत्र २२ २०७७

  • 6.9K
    SHARES

  • माधव नेपाललाई कारवाही भएपछि ओली र प्रचण्डलाई मिलाउने खेल, यस्तो तथ्य बाहिरियो

    काठमाडौं – नेता माधवकुमार नेपाललाई नेकपा एमाले पार्टीबाट कारवाही गरिएपछि अब अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउने खेल सुरू भएको छ ।

    प्रधानमन्त्री ओलीलाई कुर्सी जोगाउन आपत परिरहेका बेला अर्थमन्त्री विष्णु पौडेल र माओवादी नेता जनार्दन शर्माबीच गोप्य भेटवार्ता भएको छ । भेटमा पुनः पार्टी एकीकरण र सत्ता सहकार्यका विषयमा कुराकानी भएको सार्वजनिक भएको छ ।

    राजधानी काठमाडौंमा शनिवार पौडेल र शर्माबीच भएको कुराकानीबारे आधिकारिक तथ्य लुकाइएको छ । तर ओली र प्रचण्डका विश्वासपात्र क्रमशः पौडेल र शर्माबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    दुवै नेताबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको स्रोतले जनाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने गृहकार्य भइरहँदा ओली र प्रचण्डका दूतहरुले भेटेर गोप्य वार्ता भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सशंकित भएको छ ।

    प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएर कांग्रेको नेतृत्वमा सरकार बनाउने निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको २४ घण्टा नबित्दै ओली र प्रचण्डका दूतबीच भेटवार्ता भएको छ ।

    अर्थमन्त्री पौडेलले केही दिनअघि एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग समेत भेट गरेका थिए । ओली निकट मानिने राष्ट्रपति विद्यादेवी भण्डारीले समेत शनिबार खनालनिवास डल्लु पुगेर भेटवार्ता गरेकी छन् ।

    उता, माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको बताइएपनि भित्रभित्रै नेताहरू गोप्य रूपमा कुरा मिलाउनतिर लागेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend