आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले फुट्न लागेका बेला विद्या भण्डारी र झलनाथ खनालबीच के भयो सहमति ?

एमाले फुट्न लागेका बेला विद्या भण्डारी र झलनाथ खनालबीच के भयो सहमति ?

  • मिडिया डबली
  • शनिवार, चैत्र २१ २०७७

  • 7.6K
    SHARES

  • एमाले फुट्न लागेका बेला विद्या भण्डारी र झलनाथ खनालबीच के भयो सहमति ?

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

    आज शनिवार दिउँसो राष्ट्रपति भण्डारीले खनाललाई उनकै निवास डल्लुमा भेटेकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल लगायत नेतालाई कारवाही गरेर पार्टी विभाजनको मुखमा पुगेका बेला राष्ट्रपति भण्डारीले खनाललाई भेटेकी हुन् ।

    निवासमै भेट गर्न राष्ट्रपति भण्डारी पुगेकोमा खनाल खुशी भएका छन् । राष्ट्रपतिसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै खनालले वर्तमान परिस्थिति र पार्टी आन्दोलनसँगै समसामयिक विषयमा छलफल भएको बताएका छन् ।

    ‘हामीले भलाकुसारी गरेका छौं । विगत र वर्तमानको स्थितिबारे अलिअलि कुरा भयो,’ खनालले सञ्चारकर्मीसँग भने, ‘उहाँले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस् भन्ने चाहना व्यक्त गर्नुभएको छ ।’

    पार्टीको विगत र वर्तमानको विषयमा कुराकानी भएको भन्दै नेता खनालले अहिले राष्ट्रपतिको हैसियतमा पनि पार्टी आन्दोलन, एकतावद्ध भएर गएको र लोकतन्त्र सुदृढ भएर गएको हेर्न चाहना रहेको जानकारी दिए ।

    राष्ट्रपति भण्डारीले आफ्नो स्वास्थ्य अवस्थाबारे समेत चिन्ता व्यक्त गरेकी हुन् । राष्ट्रपतिले स्वास्थ्य अवस्थाबारे चिन्ता गरेपछि आफ्नो स्वास्थ्य सामान्य रहेको जानकारी गराएको खनालले बताएका छन् । खनालले आफू बैठक र सभाहरूमा गइरहेको र चिकित्सकको सुझावलाई ध्यानमा राखेको जानकारी गराएको बताएका छन् । 

    राष्ट्रपतिसँग आफ्नोभन्दा पनि पार्टीको स्वास्थ्य ठूलो भएको बताएको जानकारी उनले दिए । ‘हाम्रो व्यक्तिगत स्वास्थ्यको बारेमा मलाई चिन्ता होइन, चिन्ता चाहिँ पार्टीको बारेमा हो,’ उनले भने ।

    राष्ट्रपति भण्डारीले खनाललाई पार्टीलाई एकताबद्ध बनाउने भूमिका खेल्न समेत आग्रह गरेकी छन् । खनालले पार्टी अध्यक्ष केपी ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता गरे पार्टी एक हुने प्रस्टसँग बताएका स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend