काठमाडौं - नेकपा ब्युँताउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयास असफल भएको छ । प्रचण्डले मंगलबार सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गराएका थिए ।
प्रचण्डले दिएको पुनरवलोकनको निवेदनलाई सुनुवाइका लागि निस्सा दिन सर्वोच्च अदालतले अस्वीकार गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना सम्मिलित पूर्ण इजलासले पुनरवलोकनका लागि अनुमति दिन अस्वीकार गरेको हो ।
गत २३ फागुनमा सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा बदरको फैसला सुनाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।