आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक विशेष

अरुलाई खेलाउँदा खेलाउँदै प्रचण्ड पुगे रसातल, कांग्रेससँग यस्तो बार्गेनिङ

अरुलाई खेलाउँदा खेलाउँदै प्रचण्ड पुगे रसातल, कांग्रेससँग यस्तो बार्गेनिङ

  • मिडिया डबली
  • बिहिवार, चैत्र १९ २०७७

  • 23.7K
    SHARES

  • अरुलाई खेलाउँदा खेलाउँदै प्रचण्ड पुगे रसातल, कांग्रेससँग यस्तो बार्गेनिङ

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अरुलाई खेलाउँदा खेलाउँदै रसातलमा पुगेका छन् । तैपनि अझै उनले विभिन्न दलका नेतालाई फकाउने र तर्साउन छाडेका छैनन् ।

    तीन वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई धोका दिएर एमाले अध्यक्ष केपी ओलीसँग वाम एकता गर्न पुगेका प्रचण्ड अहिले ओलीलाई छाडेर कांग्रेससँग सहकार्य गर्न प्रयास गरिरहेका छन् ।

    ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन उनले बारम्बार कांग्रेस सभापति देउवालाई घुर्की देखाइरहेका प्रचण्डले बुधबार नयाँ सरकार बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय गर्न डेटलाइन नै तोकेका छन् ।

    बिहीबार बिहान बसेको माओवादी केन्द्रको बैठकले पनि कांग्रेस र जसपालाई कि त ओली सरकारमा जान, कि त अविश्वासको प्रस्तावमा सहयोग गर्न आग्रह गरेको छ । तर, आफैंले भने ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

    एमालेसँग पार्टी एकता, विभाजन हुँदै अहिले एक्लिँदै गए पनि प्रचण्डले ओलीलाई कमजोर होइन, बेलैमा निर्णय गर्न नसकेर बलियो बनाउँदै गएका छन् । तर, कांग्रेसलाई घुक्र्याउन छाडेका छैनन् । कांग्रेसले भने ओली अल्पमतमा नपरिञ्जेलसम्म गठबन्धन नगर्ने संकेत दिइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend