आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले फुटेर छुट्टै कार्यालय खोल्यो, कम्युनिस्ट टुक्राटुक्रा !

एमाले फुटेर छुट्टै कार्यालय खोल्यो, कम्युनिस्ट टुक्राटुक्रा !

  • मिडिया डबली
  • बुधवार, चैत्र १८ २०७७

  • 11.0K
    SHARES

  • एमाले फुटेर छुट्टै कार्यालय खोल्यो, कम्युनिस्ट टुक्राटुक्रा !

    काठमाडौं – नेपालमा कम्युनिस्टहरूले सत्ता चलाउने अवसरमा पाएपनि अवसरको सदुपयोग गर्न नजान्दा धोका खाएका छन् ।

    सत्तारुढ दल नेकपा एमाले विभाजित भएर छुट्टाछुट्टै अभ्यासमा लागेको छ । पछिल्लोपटक अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई कारवाही गरेपछि फुटको अभ्यास तीब्र पारिएको छ ।

    नेकपा एमालेभित्र समानान्तरण अभ्यास तीब्र हुँदा नेता नेपाल निकट युवा संघले फुटेर छुट्टै पार्टी कार्यालय उद्घाटन गरेको छ ।

    नेता नेपाल निकट युवा संघले राजधानी काठमाडौंको बुद्धनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । यसअघि नेपाल पक्षले नरेश शाहीको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरिसकेको छ । ओली पक्षको युवासंघमा वचनबहादुर सिंह अध्यक्ष रहेका छन् ।

    नेता नेपालले कार्यालय उद्घाटन गरेको कार्यक्रममा नेता रघुजी पन्त लगायतका युवासंघका नेता कार्यकर्ताको सहभागिता थियो ।

    सत्तारुढ दल एमाले मात्रै होइन, यसअघि माओवादी पार्टी समेत विभाजित भएर टुक्राटुक्रा भइसकेको छ । अब टुक्रा हुने पालो एमालेको रहेको छ ।

    माओवादी टुक्रा भएर नेताहरू मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, गोपाल किराँती छुट्टाछुट्टै पार्टीमा रहेका छन् । यसरी नेपालमा कम्युनिस्टहरू टुक्राटुक्रा भइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend