आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डलाई अर्काे धक्का, यी खास मुख्यमन्त्री कठघरामा उभिए, पद धरापमा !

प्रचण्डलाई अर्काे धक्का, यी खास मुख्यमन्त्री कठघरामा उभिए, पद धरापमा !

  • मिडिया डबली
  • बुधवार, चैत्र १८ २०७७

  • 7.8K
    SHARES

  • प्रचण्डलाई अर्काे धक्का, यी खास मुख्यमन्त्री कठघरामा उभिए, पद धरापमा !

    काठमाडौं - बागमती र प्रदेश १ को एमाले सरकार बलियो बनेका बेला माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार ढल्ने भएको छ ।

    कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन पत्राचार गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अर्को धक्का लाग्ने देखिएको छ ।

    यदि शाहीले विश्वासको मत लिन सकेनन् भने उनको सरकार ढल्ने निश्चित छ । किनभने कर्णाली प्रदेशमा सरकार बनाउन २१ सांसद चाहिन्छ । एमालेको २०, माओवादी केन्द्रको १३, कांग्रेसको ६ र राप्रपाको एक सांसद छन् ।

    एमाले एक्लैको सरकार बनाउने सिट रहेकाले माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारबाट पनि हात धुनुपर्ने अवस्था आएको छ । प्रदेश प्रमुख कलौनीले नेकपा एमाले संसदीय दलले दिएको समर्थन फिर्ताबारे मुख्यमन्त्री शाहीलाई पठाएको पत्रमा ध्यानाकर्षण गराइएको छ।

    प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलको हस्ताक्षरमा जारी विज्ञप्तिमा चैत ५ देखि लागू हुने गरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र ५ गते जानकारी गराइसकिएकोमा प्रदेश प्रमुखको आदेशानुसार नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण–पत्र प्रेषित गरिएको उल्लेख छ ।

    कर्णालीमा एमालेको माधव नेपाल समूहले पनि संसदीय दलले गरेको निर्णयलाई नै मान्ने बताएको छ । यसअघि आफूहरुको सहमतिबेगर संसदीय दलले सरकारको समर्थन फिर्ताको निर्णय गरेकाले मान्य नहुने बताउँदै आएका नेपाल समूहका सांसदहरुले अब एमालेकै सरकार बनाउनेमा सहमति गरिसकेको एमाले कर्णाली प्रदेश समितिले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend