आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको पक्षमा महन्थ ठाकुर खुलेरै लाग्नुको यस्तो भित्रि रहस्य

केपी ओलीको पक्षमा महन्थ ठाकुर खुलेरै लाग्नुको यस्तो भित्रि रहस्य

  • मिडिया डबली
  • बुधवार, चैत्र १८ २०७७

  • 11.6K
    SHARES

  • केपी ओलीको पक्षमा महन्थ ठाकुर खुलेरै लाग्नुको यस्तो भित्रि रहस्य

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली अन्य नेताभन्दा बढी स्पष्ट भएकाले आफूहरु ओलीको पक्षमा रहेको रहस्य खुलासा गरेका छन् ।

    रिपोर्टस् क्लब नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ठाकुरले भनेका छन्, ‘विगतका धेरै नेताले हाम्रो एजेन्डा सम्बोधन गर्छाैं भने पनि अन्तिममा आएर धोका दिएको तर हालका प्रधानमन्त्री ओलीले गर्न सक्नेसम्मका काम गर्ने भनेर स्पष्ट जवाफ दिएका छन् ।’

    ठाकुरले अगाडि थपे, ‘उहाँ धेरै कुरामा सकारात्मक हुनुहुन्छ तर पनि हामीलाई लिखित सहमति चाहिन्छ ।’

    मुलुकमा सबैलाई डेमोक्रेसी आएको हो भने मधेशी र थारुहरु किन अहिलेसम्म पनि जेलमा भन्दै उनले प्रश्न गरे । ठाकुरले संविधान संशोधनको विषय आफूहरुको मात्रै नभएर देशकै माग भएको पनि टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनका लागि आफूहरुलाई आग्रह गरेको ठाकुरले बताए । तर आफ्ना माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने जवाफ दिएको उनले स्पष्ट पारेका छन् ।

    मंगलवार मात्रै पनि प्रधानमन्त्री ओलीका नजिकका मान्छेले आफूलाई भेटेको ठाकुरले बताएका छन् । आफूहरुले उठाएका माग पूरा गर्नका लागि अन्तिम तयारी भएको कुरा सुन्नमा आएको भन्दै त्यसका लागि ठाकुरले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।

    कार्यक्रममा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले म्यानमारमा भएको क्रूरताविरुद्ध एक शब्द पनि नबोलेको भन्दै सरकारको आलोचना गरेका छन् ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई फेरि चुनावमा लाने खेल भइरहेको भन्दै त्यसले गम्भीर खतरा उत्पन्न गर्ने दाबी गरेका छन् ।

    कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको सन्तुलन र नियन्त्रणका अंगहरु भागबण्डाको मारमा परेको टिप्पणी गरेका छन् ।

    रिपोर्टस् क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नै मुलुकले विकास र समृद्धिको यात्रा तय गर्ने भन्दै आफूहरुले सुरूदेखि नै यसको पक्षमा भूमिका खेलेको स्मरण गराएका छन् । धमलाले यो देशका हरेक तह र तप्काले प्रधानमन्त्री ओलीलाई मन पराएको बताए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend