आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल र बामदेव गौतम पक्ष मिलेर छाने एमालेको नयाँ अध्यक्ष, पार्टीमा खैलाबैला

माधव नेपाल र बामदेव गौतम पक्ष मिलेर छाने एमालेको नयाँ अध्यक्ष, पार्टीमा खैलाबैला

  • मिडिया डबली
  • मंगलवार, चैत्र १७ २०७७

  • 64.7K
    SHARES

  • माधव नेपाल र बामदेव गौतम पक्ष मिलेर छाने एमालेको नयाँ अध्यक्ष, पार्टीमा खैलाबैला

    काठमाडौं – नेकपा एमालेभित्र विभाजनको रेखा कोरिएका बेला देशभर समानान्तर गतिविधि अगाडि बढेका छन् ।

    एमाले नेता माधवकुमार नेपाललाई अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि साधारण सदस्यबाटै निलम्बन गरेपछि विवाद झन् उत्कर्षमा पुगेको छ ।

    यस्तै बेला नेता नेपाल र बामदेव गौतम पक्षले मिलेर गोरखा जिल्लामा समानान्तर जिल्ला कमिटी गठन गरेका छन् । जिल्ला उपाध्यक्ष रहेका यादव बस्नेतको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी गठन भएको छ । बस्नेत बामदेव गौतम निकट नेता मानिन्छन् ।

    नेकपाभित्र विवाद हुँदा बस्नेत प्रचण्ड–नेपाल पक्षमा लागेका थिए । ओली पक्षले बस्नेतलाई नेकपा केन्द्रीय कमिटी सदस्य समेत बनाएको थियो । बस्नेतले ओलीको केन्द्रीय सदस्य पद अस्वीकार गरेका थिए ।

    सोमबार गोरखामा भएको वरिष्ठ नेता झलनाथ खनाल, नेपाल र गौतम पक्षका नेता तथा कार्यकर्ताको भेलाले यादव बस्नेतको अध्यक्षतामा ६४ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

    नयाँ अध्यक्षसँगै अब बेग्लै पार्टी कार्यालय समेत सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।

    समानान्तर कमिटीलाई अध्यक्ष ओली पक्षका जिल्ला अध्यक्ष प्रेम गुरुङले अवैध ठहर गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend