आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डसँग गोप्य भेटपछि ओलीविरुद्ध देशव्यापी अभियान गर्ने माधव नेपालको घोषणा

प्रचण्डसँग गोप्य भेटपछि ओलीविरुद्ध देशव्यापी अभियान गर्ने माधव नेपालको घोषणा

  • मिडिया डबली
  • मंगलवार, चैत्र १७ २०७७

  • 4.4K
    SHARES

  • प्रचण्डसँग गोप्य भेटपछि ओलीविरुद्ध देशव्यापी अभियान गर्ने माधव नेपालको घोषणा

    काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

    पार्टी केन्द्रीय कमिटीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन्दै कारबाही गरिएकोमा आक्रोशित बनेका नेता नेपालले ओलीविरुद्ध देशव्यापी रुपमा उत्रिन कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

    नेता नेपालले ओली आफंैले विघटन गरिसकेको कमिटीको अध्यक्ष नभएको भन्दै ओलीलाई कारबाही गर्ने अधिकार नभएको जिकिर गरे । केन्द्रीय कमिटी आफैं भंग गर्ने र महाधिवेशन आयोजक कमिटी बनाउनेलाई कारबाही गर्ने अधिकार नहुने उनले बताएका छन् ।

    ओलीको पार्टी हित विपरीतका गतिविधिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने नेपालले बताएका छन् । संगठनलाई सशक्त बनाउँदै ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन हुने बताउँदै नेपालले त्यसका लागि नेता कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

    अर्का नेता भीम रावलले ओलीको कारबाहीलाई निरंकुश र स्वेच्छाचारीताको संज्ञा दिएका छन् । नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि रावलले सामाजिक सञ्जालमार्फत् कारबाही खारेजीको माग समेत गरेका छन् ।

    ‘देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको सो निर्णयको भत्र्सना गर्दैै पूर्ण रुपमा अस्वीकार गर्दछु,’ रावलले भने ।

    एमालेका नेता शंकर पोखरेलले कारबाही घटनापछि प्रतिक्रिया दिँदै विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्था ख्याल गर्ने हो भने कोही पनि उद्येलित हुनु नपर्ने बताएका छन् । पोखरेलले अनुशासनले पार्टी र सबैको हित हुने बताएका छन् ।

    यसैबीच, नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमवार भेटघाट भएको छ । २ नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो । कोटेश्वरमा भएको छलफलमा एमाले नेता भीम रावल र माओवादी नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी रहेका थिए । सोमवार नै नेता नेपाल र रावललाई कारबाही गरिएपछि दुबै नेताबीच भएको छलफल अर्थपूर्ण रुपमा हेरिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend