काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै स्पष्टीकरण सोधिएका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग अर्काे पत्र लेख्दै पुनः स्पष्टीकरण सोधेका छन् ।
पहिलोपटक मागिएको स्पष्टीकरणको जवाफ नआएपछि भुसाल र पाण्डेलाई अर्काे पत्र लेख्दै पुनः स्पष्टीकरण मागिएको एमाले नेता तथा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् ।
सल्लाहकार थापाका अनुसार दुबै नेतालाई अविलम्ब जवाफ पेश गर्न निर्देशन दिइएको छ ।
चैत्र ७ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले दुवै नेतासहित माधवकुमार नेपाल र भीम रावललाई समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । निर्णय अनुसार गत सोमवार महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपाल, भीम रावल, भुसाल र पाण्डेलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन पत्राचार गरेका थिए ।
नेता नेपाल र रावलले समयमै स्पष्टीकरण बुझाए पनि भुसाल र पाण्डेले स्पष्टीकरण दिएका छैनन् । स्पष्टीकरण दिएका नेपाल र रावललाई अध्यक्ष ओलीले ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।