आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यस्तो छ केपी ओलीले माधव नेपाललाई पठाएको निलम्बन पत्र ! (पूर्णपाठ)

यस्तो छ केपी ओलीले माधव नेपाललाई पठाएको निलम्बन पत्र ! (पूर्णपाठ)

  • मिडिया डबली
  • सोमवार, चैत्र १६ २०७७

  • 8.4K
    SHARES

  • यस्तो छ केपी ओलीले माधव नेपाललाई पठाएको निलम्बन पत्र ! (पूर्णपाठ)

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला नेता माधवकुमार नेपाल र भीम रावललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ‘आउट’ गरेका छन् । 

    पार्टी अध्यक्ष ओलीले सोमवार पत्र पठाउँदै नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको जानकारी दिएका छन् ।

    यसअघि एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।
    स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै ओलीले नेपाल र रावलमाथि कारवाही गरेका छन् । नेता नेपाल र रावलले स्पष्टीकरणको जवाफमा प्रतिप्रश्न गर्दै ओली स्वयं पार्टी विधि, विधान र संविधानको खिलाफमा गएकाले ओली कारवाहीको भागिदार किन नबन्ने भनेर जिज्ञासा राखेका थिए ।

    यस्तो छ निलम्बन पत्र –

    1.jpg2.jpg

    ओलीले कारवाही गरेपछि नेता नेपाल तुरुन्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच सोमबार भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमवार दिउँसो करीब २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको छ । त्यसअघि नै ओलीले नेपाललाई कारवाही गरेको पत्र पठाएको स्रोतले जनाएको छ ।

    नेता नेपाललाई कारवाही गर्दै एमालेबाट लखेटिएपछि अब के गर्ने भन्नेबारे रनभूल्ल रहेका छन् । माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । राजनीति अन्योल अवस्थामा रहेको बेला ओलीले नेता नेपालमाथि कारवाही गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि एमाले नेता नेपाल पक्ष र प्रचण्ड पक्षले मिलेर सरकारविरुद्ध आन्दोलन गरेका थिए । त्यसकै रिसइबीले ओलीले नेता नेपालमाथि कारवाही गरेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend