आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीद्वारा बालुवाटारमै वामदेवको यसरी भयो अपमान

ओलीद्वारा बालुवाटारमै वामदेवको यसरी भयो अपमान

  • मिडिया डबली
  • सोमवार, चैत्र १६ २०७७

  • 6.9K
    SHARES

  • ओलीद्वारा बालुवाटारमै वामदेवको यसरी भयो अपमान

    काठमाडौं - एमाले नेता वामदेव गौतम अहिले यता न उताका भएका छन् । नेकपा हुँदा अधिकांश समय उनलाई प्रधानमन्त्री केपी ओलीले प्रयोग गरेका थिए ।

    प्रचण्ड र माधव नेपाल मिलेर हटाउन लागिसक्दा वामदेवकै कारण ओली जोगिएका थिए । तर, अहिले तिनै ओलीले वामदेवको अपमान गरेका छन् । कुनै बेला वामदेवलाई एमालेभित्र र बाहिरको आन्तरिक राजनीतिक शक्तिकेन्द्र मानिन्थ्यो ।

    वामदेव जता लाग्यो उसकै बहुमत पुग्थ्यो । ओली एमालेको अध्यक्षमा निर्वाचित हुनुमा पनि वामदेवकै योगदान थियो । नत्र माधव नेपाल अध्यक्ष निर्वाचित हुन्थे । अहिले उनैलाई ओलीले बोल्नसमेत नदिएर अपमान गरेको बताइन्छ ।

    गत शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले वामदेवलाई बोल्नसमेत दिएनन् । वामदेवले पटक पटक बोल्न खोज्दा पनि ओलीले चासो नदिएर अपमानित गरेको उनी निकट स्रोतले बताएको छ ।

    एमाले ब्युँतिएपछि वामदेवले एकता अभियान नै घोषणा गरेका छन् । तर, उनकी श्रीमती र छोरा भने ओलीतिरै छन् । अब उनको क्षमता र प्रभावबारे सबैले देखे ।

    पहिलोपटक बसेको संसदीय दलको बैठकमा वामदेव अनुपस्थित भएकाले पनि ओली आक्रोशित भएको बताइन्छ । त्यही भएर उनले बोल्न समय नै नदिएका हुन् । अहिले वामदेवको अभियान तुहिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend