आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादीले कांग्रेसमाथि सामूहिक आक्रमण गर्दा २ जनाको मृत्यु, १५ जना सम्पर्कविहीन

माओवादीले कांग्रेसमाथि सामूहिक आक्रमण गर्दा २ जनाको मृत्यु, १५ जना सम्पर्कविहीन

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 11.4K
    SHARES

  • माओवादीले कांग्रेसमाथि सामूहिक आक्रमण गर्दा २ जनाको मृत्यु, १५ जना सम्पर्कविहीन

    काठमाडौं – राजनीतिक कारणले नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गर्दा २ जना मृत्यु भएको छ ।

    नेपाली कांग्रेसका कार्यकर्तामाथि माओवादीहरूले सामूहिक आक्रमण गरेको जनाइएको छ ।

    बागलुङ, गुल्मी र प्युठानको सीमानाको बलधुरेमा माओवादीहरूले आक्रमणपछि भीरबाट खसालेर मारेको स्थानीयले जनाएका छन् ।

    स्थानीय भीरबाट खसेर २ जनाको मृत्यु भएको पाइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवकुमार कार्कीले पुष्टि गरेका छन् । मृतकहरूको नाम खुलेको छैन ।

    जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङ र निसीखोला गाउँपालिका–७ को राजकुतका युवाबीच झगडा हुँदा प्रकाश कुँवर र दिपक परियार भीरबाट खसेका थिए । भेटिएका मृतक भीरबाट खसेकाहरू हुन् वा अन्य नै हुन् भन्ने खुलिनसकेको सीडीओ कार्कीले बताए ।

    दुबै युवालाई माओवादीको समूहले कुटपिटपछि भीरबाट खसालेको भन्ने थाहा पाएपछि उद्धारका लागि प्रहरी खटाएको प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले बताएका छन् । घटनास्थल सदरमुकामदेखि १०० किलोमिटर पश्चिममा रहेको छ ।

    आईतबार दिउँसो घटना भएपनि साँझ ९ बजे मात्र प्रहरी घटनास्थल पुगेको छ । घटनामा भागाभाग भएका १५ जना सम्पर्क बाहिर रहेका स्थानीयले जनाएका छन् ।

    मेलामा होली खेल्ने निहुँ भएपनि राजनीतिक कारणले आक्रमण भएको कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरले बताएका छन् । बेपत्ता भएका कुँवर कांग्रेस जिल्ला सदस्य रहेका छन् । अर्का पनि कांग्रेस कार्यकर्ता भएको र घटनामा संलग्न माओवादीको संलग्नता रहेको उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend