काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई शान्तिप्रक्रियाको नाइके भनेर दाबी गर्छन् । तर प्रचण्डले चलाएको बम आतंकको त्रास अझै पनि गाउँगाउँमा छ ।
हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँमा २ वटा बम भेटिएका छन् । पुरानो घर भत्काएर नयाँ घर निर्माण गर्नका लागि जग खन्ने क्रममा २ वटा बम भेटिएका छन् ।
बम भेटिएपछि घरधनीले तुरुन्तै प्रहरीलाई खबर गरेर नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माले बताएका छन् ।
सेनाको टोली नआउञ्जेलसम्म बमलाई प्रहरीले निगरानीमा राखेको थियो । एउटा सुतली बम र एउटा सकेट बम फेला परेको प्रहरीले जनाएको छ । फेला परेको बम माओवादी आतंक युद्धका क्रममा राखिएको प्रहरीले जनाएको छ ।
बमसँगै पुरानो जनआदेश पत्रिका समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । पत्रिकामा २०६१ चैत २ गतेको मिति उल्लेख रहेको शर्माले बताए । प्रहरीका अनुसार बम र पत्रिका एउटै प्लास्टिकमा भेटिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।