काठमाडौं – सत्तारुढ दल नेकपा एमालेभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच अन्तर्संघर्ष चर्किरहेका बेला समानान्तरण कमिटी गठन प्रक्रिया अगाडि बढेको छ ।
माधव नेपाल पक्षले अर्घाखाँची जिल्लामा समानान्तर जिल्ला कमिटी गठन गरेर नयाँ अध्यक्ष चुनेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको छ ।
शनिवार बसेको माधव नेपाल पक्षको बैठकले चैत मसान्तभित्र पालिका, वडा र टोल तहका कमिटीहरू पुनर्गठन गर्ने, जनसंगठनका जिल्ला, पालिका, वार्ड र टोल तहका कमिटीहरू पुनर्गठन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा एमाले प्रदेश कमिटी सदस्य तथा पूर्व जिल्ला विकास समिति सभापति पिताम्बर भुसाल, संविधानसभा सदस्य डा. दुमन थापा, प्रदेश कमिटी सदस्य यमुना भुसाल, जिल्ला सचिवालय सदस्य सरोज भुसाल लगायत एमालेलाई विधि, प्रक्रिया र जनचाहना अनुरूप अघि बढाउन समानान्तर कमिटी गठन गर्नुपरेको जनाएका छन् ।
अर्घाखाँची जिल्लामा ओली पक्षका चेतनारायण आचार्य जिल्ला अध्यक्ष रहेका छन् । यसअघि केन्द्रमा समानान्तर भेला र बैठक गरेको भन्दै अध्यक्ष ओलीले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।