आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीविरुद्ध माधव नेपाल पक्षको यस्तो रणनीति

केपी ओलीविरुद्ध माधव नेपाल पक्षको यस्तो रणनीति

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 5.0K
    SHARES

  • केपी ओलीविरुद्ध माधव नेपाल पक्षको यस्तो रणनीति

    काठमाडौं – नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरु त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

    माधव नेपाल पक्षका अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन् ।

    सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रुपमा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूखुशी केन्द्रीय कमिटीको बैठक राखेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद उत्पन्न भएको थियो । 

    नेपाल पक्षका नेताहरुले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली पक्षले नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि विवाद झनै उत्कर्षमा पुगिरहेकै बखत नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक पार्टीभित्रै बसेर संघर्ष गर्ने निक्र्योलमा पुगेका छ । शुक्रवार र शनिवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

    अधिकांश केन्द्रीय सदस्यहरुले व्यक्तिवाद र अवसरवादसँग लडाइँ लड्ने, व्यक्तिवादसँग जोडिएर आएको अवसरवादजस्ता विषयसँग सजग रहनुपर्ने धारणा राखेका छन् । तर बैठकमा केन्द्रीय सदस्य डा. विजय पौडेलले भने पार्टीभित्र बसेर केपी ओलीसँग संघर्ष गर्न नसकिने भन्दै राजनीतिक प्रतिवेदन पेश गरे । 

    पौडेलले ओली पक्षमै विद्रोह हुनसक्ने सम्भावना सहितको प्रतिवेदनमा नेकपाकै पुरानो सांगठनिक संरचनामा फर्कनुपर्ने धारणा समेत राखेका छन् ।

    ‘हाम्रो समूहले इज्जत नामक नाक जोगाउन राखेका साना, झिना, मसिना शर्त पनि केपी शर्मा ओलीले मान्नुहुन्न । त्यहाँ गएर न त नवौं महाधिवेशनका नीति लागू गर्न सकिने छ, न त आउने निर्वाचनमा जनताका असल प्रतिनिधिले चुनाव लड्ने टिकट नै पाउने छन्,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘ओलीको नेतृत्वमा महाधिवेशनको नाटक हुनेछ र केही देखाउने प्रयोजनबाहेक आम रूपमा सही कम्युनिस्टहरुलाई बढारेर मिल्काइने छ । बिन्ती, अनुरोध र प्रार्थनाबाट तानाशाहको मन पग्लिँदैन । कसैमा केपी ओलीको हृदय परिवर्तन गराउन सकिन्छ भन्ने लाग्छ भने त्यो कुरा मृगमरिचिका मात्रै हो ।’

    पौडेलको धारणाप्रति अधिकांश नेताले असहमति प्रकट गर्दै तत्काललाई पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने धारणा राखेका थिए । ‘सबैको मत नेकपा एमालेको एकता कायम राख्नुपर्छ, एकता कायम राख्ने विन्दु २०७५ जेठ २ अघिको अवस्था नै हो । आजको अवस्थामा विभाजन वा समर्पण पनि होइन,’ बैठकमा केन्द्रीय सदस्य ठाकुर गैरेले भनेका थिए ।

    गैरेले नेकपा एमालेको एकता आजको आवश्यकता भएको धारणा समेत राखेका थिए । ‘विभाजन आवश्यक छैन, आत्मसमर्पण सम्भव छैन । अदालतको फैसलालाई मान्ने सबैको चाहना हो । हामीले जुन विन्दुबाट एमाले विर्सजन गरेका थियौं, त्यही विन्दुबाट सञ्चालन गर्नुपर्छ,’ उनले भने । उनका अनुसार यसो गर्दा एमालेमा कसैले एकता नमानेको वा आत्मसमर्पण गरेको ठहरिने छैन ।

    धेरैजसो समय आफूहरुले पार्टी निर्माणमा पुर्‍याएको योगदानको चर्चा गर्दै त्यहीभित्रै बसेर अवसरवाद र व्यक्तिवादविरुद्ध संघर्ष गरे मात्रै अघि बढ्न सक्ने धारणा राखेका थिए । नेपाल पक्षका केन्द्रीय सदस्यहरुले आत्मसमर्पण गर्नुपर्ने वा विभाजन गरेर अर्को पार्टी निर्माण गर्नुपर्ने विषय तत्काललाई त्याग्न नेतृत्वसँग आग्रह गरेका छन् ।

    ‘हामीले भन्ने गरेका छौं, अहिले सबै विषय मानेर आत्मसमर्पण गर्नुपर्ने आवश्यकता छैन । झन् विभाजन गर्ने अवस्था त छँदै छैन,’ केन्द्रीय सदस्य गैरले भने । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend