आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीसँगै एमालेमा फर्किनु परेपछि आज म अप्ठ्यारो महसूस गर्दैछु : माधव नेपाल

केपी ओलीसँगै एमालेमा फर्किनु परेपछि आज म अप्ठ्यारो महसूस गर्दैछु : माधव नेपाल

  • मिडिया डबली
  • शनिवार, चैत्र १४ २०७७

  • 5.8K
    SHARES

  • केपी ओलीसँगै एमालेमा फर्किनु परेपछि आज म अप्ठ्यारो महसूस गर्दैछु : माधव नेपाल

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर एमाले पार्टीमा फर्काइएको बताएका छन् ।

    शनिवार काठमाडौंमा बृहत् नागरिक आन्दोलनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गरे ।

    नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयलाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र एमालेमा बस्न अप्ठ्यारो लागिरहेको बताएका छन् ।

    ‘दुःखका साथ भन्नुपर्छ, अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो, त्यसको विरुद्धमा तपाईं (नागरिक) हरू संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठ्यारो महसूस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ,’ नेता नेपालले भने, ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं तर विडम्बना ! भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन मलाई घोक्र्याएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधव नेपाल होइन !’

    उनले सर्वोच्च अदालतले विचित्रको निर्णय गरेको बताएका छन् । ‘दुईटा राजनीतिक पार्टी एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो, विभिन्न उपचुनाव पनि साथ–साथ लडे, विभिन्न संयुक्त कार्यक्रम गर्‍यो । तर सर्वोच्च अदालतले त्यस्ता कुनै कुरालाई ध्यान नदिई दुईटै पार्टीलाई छुट्याइदिएको छ ।’

    कम्युनिस्ट पार्टीले अधिनायकवादी विचारधारा नबोक्ने भएकाले पार्टीभित्र कसैले अधिनायकवाद लाद्न खोजे त्यो नचल्ने नेपालले बताए । नेपालले पार्टीभित्र विधि विधान, मूल्य–मान्यता सबै मूल व्यक्तिबाट नै उल्लघंन भइरहेको बताएका छन् ।

    ‘म कुनै पनि कुराबाट पछाडि हट्ने पक्षमा छैन । म खुट्टा कमाउने पक्षमा छैन । समयको नाडी हामी छामिरहेका छौं, समय आएपछि ठ्याक्क कदम चाल्छौं,’ नेता नेपालले भने ।

    नेता नेपालले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने समेत बताएका छन् । ‘महन्थजीको र मिनेन्द्रजीको दयाकृपा रहेसम्म यो सरकार रहिरहन्छ,’ कार्यक्रमस्थलमा रहेका कांग्रेस र जसपाका नेतालाई देखाउँदै नेपालले भने, ‘एमालेको मान्छे भएका कारणले आफ्नो सरकारको विरोधमा बोल्दिनँ । महन्थजी र मिनेन्द्रजीको दाया र कृपा रहेसम्म हाम्रो सरकार रहिरहन्छ ।’

    बृहत् नागरिक आन्दोलन कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘सबैको चाहना छ कि यो सरकार छिट्टै गइदियोस् तर सजिलो छैन, राजनीति सरल रेखामा चलेको छैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend