काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीको धनगढी पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पोल खोलेका छन् ।
मन्त्री भट्टले प्रचण्डको नेतृत्वमा माओवादीभित्र आफन्तवाद हाबी हुँदै गएपछि ओलीको साथमा लागेको खुलासा गरे ।
सुदूरपश्चिमबाट प्रचण्डले बुहारी बिना मगरलाई खानेपानी मन्त्री बनाउँदा भट्ट मन्त्री हुन पाएका थिएनन् । प्रचण्डले बुहारी र नातागोतालाई पद दिने गरेको आरोप लाग्दै आएको छ ।
नेकपा एमाले अध्यक्ष ओलीनिकट युवा संघ नेपालले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले आफन्तवादका कारण माओवादी केन्द्र सकिँदै गएकाले पार्टी परिर्वतन गरेको बताए ।
संगठन निर्माणभन्दा पनि आफन्त तथा नातेदारलाई ध्यान दिएका कारण पार्टी सकिँदै गएपछि बाध्य भएर पार्टी अध्यक्ष प्रचण्डको साथ छाडेको उनले बताएका छन् । मन्त्री भट्टले ओलीका लागि फेरि अर्को वैचारिक युद्ध लड्न तयार रहेको बताएका छन् ।
सत्य र राष्ट्रियताका पक्षमा उभिएको बताउँदै उनले सुखी नेपाली समृद्ध नेपालको नारा केपी नेतृत्वको सरकारले मात्र पूरा गर्न सक्ने दाबी गरेका छन् । भट्टले समूह र गुटका पछि नलाग्न समेत कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।