आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल र भीम रावललाई एमालेबाट कारवाही गर्ने केपी ओलीको घोषणा

माधव नेपाल र भीम रावललाई एमालेबाट कारवाही गर्ने केपी ओलीको घोषणा

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १३ २०७७

  • 6.8K
    SHARES

  • माधव नेपाल र भीम रावललाई एमालेबाट कारवाही गर्ने केपी ओलीको घोषणा

    काठमाडौं – नेकपा एमाले संसदीय दलको शुक्रबारको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका २ जना शीर्ष नेता कारवाहीको भागिदार हुने घोषणा गरेका छन् ।

    बैठकमा प्रधानमन्त्री ओलीले राखेको भनाइ उदृत गर्दै संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले पार्टीले सोधेको स्पष्टीकरणमा नेता माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण कारवाहीको भागिदारयोग्य रहेको जानकारी दिए ।

    नेता नेपाल र रावलको स्पष्टीकरण पार्टीमा प्राप्त भइसकेकाले आगामी केन्द्रीय कमिटीको बैठकबाट कारवाहीको निर्णय हुने भट्टराईले जानकारी दिए । सँगै स्पष्टीकरण सोधिएका सुरेन्द्र पाण्डे र घनश्याम भुसालले भने जवाफ दिएका छैनन् । यसअघि एमाले केन्द्रीय कमिटी बैठकले ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    शुक्रबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता सहभागी भएपनि ओलीले यसअघि गरेका निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन् । खनाल–नेपाल पक्षले भने फागुन २८ गतेयताका निर्णय फिर्ता हुनुपर्ने माग गर्दै आएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend