काठमाडौं – नेकपा एमालेभित्रै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने घोषणा गरेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष अन्ततः थुरथुर डराउँदै ओलीले बोलाएको बैठकमा जाने निर्णयमा पुगेको छ ।
यसअघि खनाल–नेपाल पक्षले फागुन २८ गतेको केन्द्रीय कमिटीका निर्णय खारेज नभएसम्म बैठकमा नजाने निर्णय गरेको थियो ।
तर शुक्रबार नेपाल पक्षको पूर्ववत् निर्णयमा हेरफेर भएको स्रोतले जनाएको छ । आज शुक्रबारको बैठकमा सहभागी हुने निर्णय भएको खनाल–नेपाल पक्षका नेता ठाकुर ठाकुर गैरेले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् । बैठकमा सहभागी भएर आफ्ना कुरा राख्ने निर्णय भएको जनाइएको छ ।
खनाल–नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यको बैठकले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने निर्णय समेत गरेको छ ।
शुक्रबार कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।
यसअघि प्रधानमन्त्री ओलीले नेता नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया अगाडि बढाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।