आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली सरकारका गृहमन्त्रीको नाटक देखेर सबै चकित !

ओली सरकारका गृहमन्त्रीको नाटक देखेर सबै चकित !

  • मिडिया डबली
  • बिहिवार, चैत्र १२ २०७७

  • 17.5K
    SHARES

  • ओली सरकारका गृहमन्त्रीको नाटक देखेर सबै चकित !

    काठमाडौं – कम्युनिस्टहरू दुनियाँलाई झुक्याउन अनेक नाटक गर्छन् । सोझासाझ जनता कम्युनिस्टको नाटकलाई पत्याइ पनि हाल्छन् ।

    आज बिहीबार कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एउटा त्यस्तै नाटक प्रदर्शन गरेका छन्, जसलाई देख्नेहरू चकित भएका छन् ।

    गृहमन्त्री थापाले सांसद रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा भाग लिएका छन् । अचम्म त के छ भने सांसद चौधरी ओली सरकारकै नियन्त्रणमा रहेको जेल र गृहमन्त्री थापाकै निर्देशनमा चल्ने प्रहरीको निगरानीमा छन् ।

    सांसद चौधरी र लक्ष्मण थारु लगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा गृहमन्त्री थापा समेत सहभागी भएका छन् ।

    थारु कल्याणकारिणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएका गृहमन्त्री थापाले सडकमा बसेर सम्बोधन गरेका छन् ।

    आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आन्दोलनकारीका समस्या र मागमा सरकारको ध्यान गएको बताएका छन् । थापाले माग सम्बोधनका लागि सरकारले वार्ता टोली बनाउने आश्वासन समेत दिएका छन् ।

    thapa.jpg

    थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर हत्याकाण्ड घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाको रिहाइको माग गर्दै धर्ना गरेको छ ।

    सत्ता समीकरण फेरबदलमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) ले समेत सांसद चौधरीको रिहाइको माग गरेको छ । यी मागबारे प्रधानमन्त्री ओलीले समेत वार्ता गरिरहेको बेला गृहमन्त्री थापा भने सडकमै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend