काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर नयाँ सरकार बनाउन विपक्षी दलहरूले प्रयास गरिरहेको बेला नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा सांसद अमनलाल मोदीले अबको ८–१० दिनभित्र नयाँ सरकार बन्ने खुलासा गरेका छन् ।
सोमवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मोदीले आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेको खुलासा गरे ।
मोदीले आफूहरूले सुरूदेखि नै प्रधानमन्त्री ओलीले संसद विघटन गरेको दिनदेखि नै विरोध गरेको स्मरण समेत गरे । ‘हामीले सरकारका विभिन्न गतिविधिबारे सुरूदेखि नै आवाज उठाउँदै आएका हौं । संसद विघटन गरिसकेपछि हामीले नैतिकताको आधारमा सरकारले राजीनामा दिनुपर्छ भनेको हो । आन्दोलन गरेकै हो । नागरिक समाज/हामी सबै एक ठाउँमा उभियौं । प्रतिगमनविरुद्ध आन्दोलन गरेकै हो । संसद पुनर्स्थापना भएपछि, नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा, अहिलेसम्म नदिएकोमा हामी छक्क परेका छौं । राजीनामा दिनुपर्ने हो । हाम्रो त प्रस्ट माग छ । संसदप्रति वितृष्णा भएको मान्छे हो तर राजीनामा दिनुभएन,’ मोदीले भने ।
माओवादी नेता मोदीले सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा राष्ट्रिय रूपमा निकास निकाल्नुपर्नेमा रहेको बताएका छन् । मोदीले प्रधानमन्त्री ओेली र मधेशवादी दलबीचको गठबन्धनको कुरा कोट्याउँदै आफूलाई शंका लागेको समेत बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।