आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले आपत् पारेपछि माधव नेपाल पत्नीसहित पुगे पशुपतिनाथको शरणमा

केपी ओलीले आपत् पारेपछि माधव नेपाल पत्नीसहित पुगे पशुपतिनाथको शरणमा

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०७७

  • 7.5K
    SHARES

  • केपी ओलीले आपत् पारेपछि माधव नेपाल पत्नीसहित पुगे पशुपतिनाथको शरणमा

    काठमाडौं – नेकपा एमालेमा अन्तर्संघर्ष चलेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत पारेका बेला नेता माधवकुमार नेपालले पशुपतिनाथको शरणमा पुगेका छन् ।

    हिजो आईतबार बिहान नेता नेपालले पत्नी गायत्री नेपालसँगै पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका छन् ।

    कुनै बेला काठमाडौंमा होलिवाइनको कार्यक्रम गर्न नेतृत्वकारी भूमिका खेलेका नेता नेपालको आलोचना भएको थियो । अहिले आपतका बेला नेता नेपाल पशुपतिनाथको शरणमा पुगेका हुन् ।

    आईतबार बिहान ९ बजे पशुपतिनाथ पुगेर नेता नेपालले विशेष पूजा गरेका मन्दिर स्रोतले जनाएको छ । पशुपतिनाथ दर्शन गरेर टीका र माला लगाएर उनी बाहिर निस्किएका थिए ।

    तत्कालीन नेकपाका नेता माधवकुमार नेपालले काठमाडौंमा आयोजित एक सभामा बोल्दै पशुपतिनाथले ओलीलाई क्षमा नदिने अभिव्यक्ति दिएका थिए । उनी पक्षधर नेताहरूले पशुपतिनाथबारे नकारात्मक टिप्पणी समेत गर्दै आएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको विशेष पूजा गरेपछि तत्कालीन नेकपाभित्र तरंग आएपछि नेपालसहित कम्युनिस्ट नेताहरूले पशुपतिमाथि प्रहार गरेका थिए । ‘धर्मलाई अफिम’ मान्ने कम्युनिस्ट नेताहरूको पशुपतिनाथको दौडमा निस्किनुलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend