शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्डलाई शेरबहादुरको प्रश्न : अनैतिक सरकारलाई किन समर्थन गरिरहेको त ?

प्रचण्डलाई शेरबहादुरको प्रश्न : अनैतिक सरकारलाई किन समर्थन गरिरहेको त ?

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०७७

  • 4.6K
    SHARES

  • प्रचण्डलाई शेरबहादुरको प्रश्न : अनैतिक सरकारलाई किन समर्थन गरिरहेको त ?

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिला गरिररहेका बेला नेकपा एमालेका नेता शेरबहादुर तामाङले उल्टै प्रश्न गरेका छन् ।

    प्रचण्डले अनैतिक भन्ने गरेको सरकारलाई किन समर्थन दिइरहेको भनेर उनले प्रश्न गरेका छन् ।

    पूर्वमन्त्री समेत रहेका तामाङले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गर्न नसुहाउने बताए । उनले सोधे, ‘सरकारमा नैतिकता भएन भने किन माओवादीले समर्थन फिर्ता लिएन त ?’

    आज सोमवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता तामाङले सोधे, ‘उहाँहरू प्रधानमन्त्रीसँग नैतिकता छैन भन्नुहुन्छ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नुहुन्छ, उहाँहरूको अनुसार त यो सरकार अनैतिक सरकार भयो नि, त्यसो हो भने यो अनैतिक सरकारलाई किन समर्थन गरिरहेको त ? फ्याट्ट समर्थन फिर्ता लिइहाले भो नि त !’

    तामाङले आफूहरू जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको स्पष्ट पारे । कतिपयले मुलुकमा फेरि अस्थिरता भयो भनेर टीकाटिप्पणी गरिरहेकोप्रति उनले असहमति राखेका छन् ।

    ‘पहिलो कुरा त यो मुलुकमा अस्थिरता भयो भनेर जो भनिएको छ, कहाँ भयो अस्थिरता ? आफू मिल्न नसक्ने ? आफू काम गर्न नसक्ने ? अनि चलिरहेको सरकारलाई धारे हात लगाउँदैमा अस्थिरता हुन्छ र ? सरकार त चलिरहन्छ । निरन्तर चलिरहेको छ । केपी ओली २०७४ सालको निर्वाचनपछि प्रधानमन्त्री हुनुहुन्छ । अहिले पनि हुनुहुन्छ । सरकार कहाँनिर अस्थिर भयो ? सरकार त निरन्तर छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend