शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन प्रचण्ड निवासमा चिनियाँ राजदूत

सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन प्रचण्ड निवासमा चिनियाँ राजदूत

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०७७

  • 5.3K
    SHARES

  • सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन प्रचण्ड निवासमा चिनियाँ राजदूत

    काठमाडौं -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

    सोमबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा राजदूत यान्छी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो । चिनियाँ राजदूत होउ यान्छी सोमबार बिहान ०९:०५ बजे प्रचण्ड निवास पुगेकी थिइन् भने ०९:५५ बजे त्यहाँबाट बाहिरिएकी हुन् ।

    प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिनका लागि राजदूत यान्छी खुमलटार पुगेको बताइएको छ । अहिले कसरी अघि बढ्ने भन्‍ने विषयमा प्रचण्ड अप्ठ्यारोमा परेपछि राजदूत यान्छी खुमलटार पुगेर कम्युनिस्ट सरकारलाई नै निरन्तरता दिन प्रचण्डलाई दबाब दिएको स्रोतले पुष्टि गरेको छ ।

    कम्युनिस्ट सरकार हुँदा नेपालमा हुने अवैध ठेक्का र अन्य गैरकानुनी गतिविधिहरु गर्न छुट हुने भएकोले ओली सरकारलाई नै निरन्तरता दिन प्रचण्डलाई राजदूत यान्छीले दबाब दिएकी छन् ।

    त्यसअघि सोमबार नै मार्क्सवादी अर्थशास्त्री तथा पत्रकार डा. विजय पौडेलले पनि प्रचण्डसँग भेट गरेका थिए । उनले बिहान ७:४० बजेदेखि ०८:५० बजेसम्म प्रचण्डलाई भेटेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend