आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा लागेका माओवादी सांसदलाई कारवाहीबारे पार्टीमा यस्तो पत्राचार

एमालेमा लागेका माओवादी सांसदलाई कारवाहीबारे पार्टीमा यस्तो पत्राचार

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०७७

  • 6.3K
    SHARES

  • एमालेमा लागेका माओवादी सांसदलाई कारवाहीबारे पार्टीमा यस्तो पत्राचार

    काठमाडौं – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले नेकपा एमाले प्रवेश गरेका प्रदेशसभा सांसद धर्मराज रेग्मीलाई कारबाही गर्न पार्टीलाई पत्राचार गरेको छ ।

    दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी हालै मात्र नेकपा एमाले प्रवेश गरेका थिए ।

    एमालेले रेग्मीलाई केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ । कर्णाली प्रदेशका माओवादी संसदीय दलका प्रमुख सचेतक सीता नेपालीका अनुसार रेग्मी दलको बैठकमा समेत आएका छैनन् भने पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ दिएका छैनन् ।

    दलको कार्यालयले आवश्यक कारबाहीका लागि प्रदेश पार्टीमार्फत केन्द्रमा सिफारिस गरेको उनले जानकारी दिइन् ।

    माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका संघीय सांसदहरूलाई समेत स्पष्टीकरण सोधेको थियो । तर कसैले पनि जवाफ दिएको सार्वजनिक भएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend